कीवर्डहरू -

आइसिटी अवार्डमा आवेदन दिने आज अन्तिम दिन, १२ विधामा यसरी दिनुहोस् अनलाइन आवेदन

आइसिटी अवार्डमा आवेदन दिने आज अन्तिम दिन, १२ विधामा यसरी दिनुहोस् अनलाइन आवेदन

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौं संस्करणका लागि विभिन्न १२ विधामा अनलाइन नोमिनेशन (आवेदन) भदौ १५ गते बुधबारसम्म बुझाउन सकिने भएको छ ।  गत साउनदेखि खुला गरिएको अनलाइन आवेदन आज रातिदेखि बन्द हुने भएको हो ।

लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुन लागेको ‘आइसिटी अवार्ड २०२२’ मा पहिलोपटक दक्षिण एसियाली देशहरुलाई लक्षित गरेर ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड‘ थप गरिएको छ ।

अवार्डमा नेपालको लागि स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप तथा इन्नोभेसन सम्बन्धित विधाहरु रहेका छन् ।

प्रविधिको क्षेत्रमा विशेष योगदान गरेका व्यत्तिहरुलाई दिइने अवार्डका विधाहरुमा पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड रहेका छन् ।

यसैगरी प्रविधिको प्रयोग मार्फत उत्कृष्ट सेवा दिने सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड रहेका छन् ।

\"\"

अवार्डमा नोमिनेशन गर्न आइसिटी अवार्ड डटओआरजी (ictaward.org) वेबसाइटमा गएर विधा छनौट गरी अनलाइन फारम बुझाउनुपर्ने हुन्छ ।

आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ गते द सोल्टी काठमाण्डौंमा आयोजना हुनेछ । यसैगरी प्रि इभेन्ट क्याम्पियनको रुपमा कार्तिक तेस्रो साता देशैभरिका १०० भन्दा बढी डिजिटल स्टार्टअपहरुको प्रदर्शनी तथा मेन्टरिङ सेसनको रुपमा स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम आयोजना हुनेछ ।

विभिन्न १२ विधामा हुने छनौट प्रकृयाको लागि १२ जना विज्ञ जुरी सदस्य र १५ बढि विशिष्ट सल्लाहकार समिति गठन गरिएको छ ।

आइसिटी अवार्ड प्रविधिको क्षेत्रमा काम गर्ने व्यक्ति, सस्था, कम्पनी, विद्यार्थी र इन्नोभेसनहरुलाई सम्मान र प्रोत्साहन गर्ने नेपालको सबैभन्दा भव्य र प्रतिष्ठित प्लेटफर्म हो ।

यसमा सहभागी स्टार्टअप, इन्नोभेटर र नयाँ प्रोडक्टहरु विकास गरेका व्यत्ति तथा सस्थालाई विभिन्न किसिमले सहयोग गर्ने, लगानीको वातावरण बनाउने र अन्तराष्ट्रिय प्लाटफर्महरुमा समेत सहभागी गराउदै स्टार्टअप इकोसिस्टमको विकासमा महत्वपुर्ण भुमिका निवार्ह गरिरहेको छ ।

यसैगरी डिजिटल गर्भनेन्स, एजुकेशन र सर्भिसेस मार्फत डिजिटल रुपान्तरण र यसको इकोसिस्टमको विकासमा योगदान दिइरहेको आयोजकले जनाएको छ । अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै विभिन्न सेवा र सुविधाहरू प्राप्त गर्नेछन् ।

स्टार्टअप विधाका विजेताले १५ लाखसम्मको सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसर समेत प्राप्त गर्नेछन् । यस कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ सस्थाहरुको सहकार्य रहदै आएको छ । थप जानकारीको लागि वेबसाइट www.ictaward.org वा फोन न. ९८५११४१३४८, ९८०१२६३६०२ मा सम्पर्क गर्न सकिनेछ ।


यो पनि पढ्नुहोसः सातौं आइसिटी अवार्डमा अनलाइनबाटै यसरी दिनुहोस् आवेदन