कीवर्डहरू -

डलर कार्डबाट हुने भुक्तानीमा राष्ट्र बैंकको कडाइ, १८ वस्तु तथा सेवामा भुक्तानी गर्न रोक

डलर कार्डबाट हुने भुक्तानीमा राष्ट्र बैंकको कडाइ, १८ वस्तु तथा सेवामा भुक्तानी गर्न रोक

नेपाल राष्ट्र बैंकले डलर प्रिपेड कार्डबाट हुने भुक्तानीमा कडाइ गरेको छ । मंगलबार एकीकृत परिपत्र २०७८ संशोधान गर्दै राष्ट्र बैंकले विभिन्न १८ वस्तु तथा सेवा खरिदमा डलर कार्डबाट भुक्तानी गर्न नपाइने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार अब वायर ट्रान्सफर, प्रत्येक्ष मार्केटिङ, बीमा सेवा, स्ट्याम्प तथा क्वापन सेवा, वित्तिय संस्थालाई भुक्तानी (म्यानुअल क्यास डिस्बर्समेन्ट), वित्तिय संस्थालाई भुक्तानी (अटोमेड क्यास डिस्बर्समेन्ट), वित्तिय संस्थालाई भुक्तानी (मर्चेन्डिज तथा सेवा) क्वाइजाइ क्यास, धितोपत्र दलाल र डिलर्सलाई डलर कार्डबाट भुक्तानी गर्न पाइने छैन् ।

यसका साथै बीमा बिक्री तथा अन्डरराइटिङ, रियल स्टेट एजेन्ट तथा म्यानेजर, वित्तिय संस्थाहरूलाई हुने रकम ट्रान्सफर, पेमेन्ट अन इनभ्वाइस कोरोबार, डेटिङ वा एस्कर्ट सेवाहरू, क्यासिनो, घोडा तथा कुकुर रेसिङ, जुवा, राजनीतिक दल र धार्मिक संगठलाई प्रिपेड डलर कार्डबाट भुक्तानी गर्न पाइने छैन् ।

राष्ट्र बैंकले केही समय अगाडि वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकले ग्राहकलाई पाँच सय डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको थियो ।