कीवर्डहरू -

बाइकमा राखिएको ‘मोबाइल स्ट्याण्ड’ हटाउँदै प्रहरी, राइडरलाई गूगल म्याप प्रयोग गर्न कठिनाइ

बाइकमा राखिएको ‘मोबाइल स्ट्याण्ड’ हटाउँदै प्रहरी, राइडरलाई गूगल म्याप प्रयोग गर्न कठिनाइ

बाइकमा मोबाइल स्ट्याण्ड राखे ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ । बाइकमा मोबाइल स्ट्याण्ड राख्दा दुर्घटना हुने ट्राफिक प्रहरीले अब बाइकबाट मोबाइल स्ट्याण्ड हटाउन लागेको हो ।

केही दिन अगाडि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले राइड शेयरिङ कम्पनी पठाओ नेपाललाई बाइकबाट मोबाइल स्ट्याण्ड हटाउन सूचना दिएको थियो ।

राइड शेयरिङ सेवा प्रदायकका राइडरहरूले सजिलैसँग गूगल म्याप प्रयोगका लागि बाइकमा मोबाइल स्ट्याण्ड राख्दै आएका छन् ।

तर नेपाल सरकारको प्रचलित कानुम बमोजिम निर्माण भैसकेको बाइकमा केही कुरा थप्नु वा हटाउनु बाइकको स्वरुप परिवर्तन (मोडिफिकेसन) कानुन विपरित भएको भन्दै ट्राफिकले प्रहरीले मोबाइल स्ट्याण्ड हटाउन थालेको हो ।

प्रहरीको आदेश बमोजिम पठाओले उक्त सूचना राइडर र फुडम्यानहरूलाई गत सोमबारदेखि जानकारी गराइरहेको पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिँह बस्न्यातले बताए ।

तर कतिपय राइडर र फुडम्यान साथीहरूबाट मोबाइल स्ट्याण्ड नहुँदा गुगल म्याप प्रयोग गर्नमा कठिनाइ भएको भनी गुनासोहरु आएको उनको भनाइ छ ।

अग्रभागमा खटिएर काम गर्नेहरूको सुझाव र गुनासोलाई सम्बन्धित निकायमा पहल कदमी गर्ने प्रतिबद्धता पठाओले व्यक्त गरेको छ ।