कीवर्डहरू -

आईएमईको चाडपर्व लक्षित अफर, विदेशबाट पैसा पठाउँदा दैनिक मोबाइल र भाग्यशालीलाई दश लाख

आईएमईको चाडपर्व लक्षित अफर, विदेशबाट पैसा पठाउँदा दैनिक मोबाइल र भाग्यशालीलाई दश लाख

दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले एक अफर सार्वजनिक गरेको छ । अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ मोबाइल उपहार स्वरूप प्रदान गरिने जनाइएको छ ।

साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही पच्चिस हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ ।

त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई दश लाख रूपैयाँ उपहार स्वरूप प्रदान गरिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बुधवार पानीपोखरी काठमाडौंस्थित आइएमई केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत उक्त अफर सार्वजनिक गरिएको हो ।

अफर सार्वजनिक कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ब्राण्ड एम्बासडर दीपकराज गिरी, आइएमई ग्रुपका भाइस प्रेसिडेन्ट रूद्रराज पौडेललगायत ग्रुपमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।