कीवर्डहरू -

एक क्लिकमै लाखौँ अकाउन्ट ह्याक हुन सक्ने टिकटकको समस्या समाधान

एक क्लिकमै लाखौँ अकाउन्ट ह्याक हुन सक्ने टिकटकको समस्या समाधान

एक क्लिकमै लाखौँ अकाउन्ट ह्याक हुन सक्ने टिकटकको सुरक्षा कमजोरी समाधान भएको छ । माइक्रोसफ्टले गत फेब्रुअरीमा ह्याकरले एक क्लिकमै लाखौं अकाउन्ट ह्याक गर्न सक्ने कमजोरी पत्ता लगाएको थियो ।

त्यसपछि माइक्रोसफ्टले उक्त समस्याको जानकारी टिकटकलाई दिएको थियो । माइक्रोसफ्टले समयमै टिकटकलाई जानकारी दिएका कारण लाखौँ अकाउन्ट ह्याक हुनबाट जोगिएका छन् ।

उक्त सुरक्षा समस्यालाई माइक्रोसफ्ट र टिकटक दुबै मिलेर समाधान गरेका हुन् । फ्रेबुअरीमै समस्या पत्ता लगाएपनि माइक्रोसफ्टको ३६५ डिफेन्डर रिसर्च टिमले बुधबार मात्रै यस बारे जानकारी दिएको हो ।

एन्ड्रोइडमा एप निर्माताहरुले एपले कुनै पनि यूआरएललाई कुरी व्यवस्थित गर्ने भनेर प्रोग्राम गर्न सक्छन् । तर टिकटकमा यो प्रोगाम नचलिरहेको माइक्रोसफ्टले फेला पारेको थियो । यसले गर्दा कसैको अकाउन्टमा गएर भिडियो पोस्ट गर्ने र मेसेज गर्न सकिने पाइएको थियो ।

टिकटकको १.५ बिलियन डाउनलोड रहेको छ । यदि यो समस्या ह्याकरहरुले प्रयोग गरेको भए धेरै जनाको डेटा समस्यामा पर्न सक्ने अवस्था थियो ।

माइक्रोसफ्टले टिकटक प्रयोगकर्तालाई एपको पुरानो भर्सन अनइन्स्टल गरेर नयाँ भर्सन सकेसम्म चाँडो इन्स्टल गर्न सुझाव दिएको छ ।