कीवर्डहरू -

आइसिटी फाउन्डेसनले सरकारलाई बुझायो ‘डिजिटल नेपाल कन्क्लेभ २०२२’को विस्तृत प्रतिवेदन

आइसिटी फाउन्डेसनले सरकारलाई बुझायो ‘डिजिटल नेपाल कन्क्लेभ २०२२’को विस्तृत प्रतिवेदन

आइसिटी फाउन्डेसन नेपालले ‘डिजिटल नेपाल कन्क्लेभ २०२२’ को प्रतिवेदन सरकारलाई बुझाएको छ । शुक्रबार एक कार्यक्रमका बीच फाउन्डेसनका अध्यक्ष राजन लम्सालसहितको टिमले सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई १०० पृष्ठको विस्तृत प्रतिवेदन हस्तान्तरण गरेको हो ।

उक्त प्रतिवेदन मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल र सूचना विभागका महानिर्देशक प्रेम शरण श्रेष्ठलाई समेत बुझाइएको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा विशेष छलफल र अन्तर्क्रिया समेत भएको छ । गत असार ४-५ गते काठमाडौंको सोल्टी होटलमा ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ इन एशोसिएसन विथ इन्फो डेभलपर्स कनेक्ट बाई एनसेल’ आयोजना भएको थियो ।

\"\"

२ दिनसम्म चलेको उक्त कार्यक्रममा डिजिटल नेपाल अवधारणा, नीतिगत समस्या र आगामी योजनाका बारेमा सरोकारवाला निकायसँग वृहत छलफल भएको थियो । उक्त छलफलको सारका रूपमा प्रतिवेदन प्रकाशित भएको हो ।

गत चैतदेखि जेठसम्म आइसिटी फाउन्डेसनले सातै प्रदेशमा डिजिटल प्रदेशको अवस्था, समस्या, चुनौती र योजना बारे बुझ्न ‘डिजिटल प्रदेश संवाद’ आयोजना गरेको थियो ।

उक्त संवादपछि फाउन्डेसनले सातै प्रदेशमा डिजिटल प्रदेशको अवस्था कस्तो छ भनेर ‘डिजिटल प्रदेश परिदृश्य’ नामक १०० पृष्ठको प्रतिवेदन समेत प्रकाशित गरेको छ ।

\"\"