कीवर्डहरू -

थप ६ कम्पनीले पाए भेन्चर क्यापिटलको लाइसेन्स

थप ६ कम्पनीले पाए भेन्चर क्यापिटलको लाइसेन्स

नेपालका थप ६ कम्पनीले नेपाल धितोपत्र बोर्डबाट भेन्चर क्यापिटलको लाइसेन्स प्राप्त गरेका छन् ।

एनआईबिएल एस क्यापिटल लिमिटेड, एनएमबी क्यापिटल, एनआईसी एसिया क्यापिटल, प्रभु क्यापिटल लिमिटेड, नबिल इनभेष्टमेन्ट बैकिंग लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले बोर्डबाट भेञ्चर क्यापिटलको रूपमा काम गर्ने गरी अनुमति पाएका हुन् ।

यसअघि धितोपत्र बोर्डले अभ्सार इक्वीटी लिमिटेड र ग्लोबल इक्वीटी फण्डलाई भेन्चर क्यापिटलको लाइसेन्स प्रदान गरेको थियो ।

नेपालको उद्यमशीलता र स्टार्टअप ईकोसिस्टम विकासका भेन्चर क्यापिटलले योगदान पुर्‍याउने विश्वास लिइएको छ ।