कीवर्डहरू -

सामसङको पुनः डेटा ब्रिच, ग्राहकको निजी जानकारी बाहिरियो 

सामसङको पुनः डेटा ब्रिच, ग्राहकको निजी जानकारी बाहिरियो 

सामसङको डेटा डेटा भएको छ । उक्त डेटा ब्रिचमा ह्याकरहरुले ग्राहकहरुको केही निजी जानकारी चोर्न सफल भएका छन् ।

यही वर्षको सुरुवातमा भएको ह्याकमा ह्यारकहरुले ग्यालेक्सी सोर्स कोड चोर्न सफल भएका थिए । कम्पनीले निजी जानकारीमा सोसल सोसाईटी नम्बर तथा क्रेडिट र डेबिट कार्ड नम्बर नरहेको बताएको छ ।

निजी जानकारीमा नाम, सम्पर्क नम्बर, ठेगाना, जन्मको मिती र प्रडक्ट रेजिष्ट्रेसन विवरण रहेको छ । यस ब्रिचबाट कति जना प्रभावित भएको बारे कम्पनीले केही पनि जानकारी दिएको छैन् ।

यो डेटा ब्रिच गत जुलाइमा भएको कम्पनीले खुलाएको छ । कम्पनीले प्रणालीलाई थप सुरक्षित बनाईसकेको पनि जानकारी दिएको छ ।