कीवर्डहरू -

अल्वेज अन डिस्प्ले सपोर्ट गर्ने आईफोन १४ पहिलो एप्पल डिभाइस हुने 

अल्वेज अन डिस्प्ले सपोर्ट गर्ने आईफोन १४ पहिलो एप्पल डिभाइस हुने 

अल्वेज अन डिस्प्ले फिचर सपोर्ट गर्ने आईफोन १४ पहिलो एप्पल डिभाइस हुने भएको छ । यो सुविधा आईफोन १४ र १४ प्रो म्याक्समा उपलब्ध हुने भएको हो ।

हालैमा आईओएस १६ देखि आईफोनमा अल्वेज अन डिस्प्ले फिचर उपलब्ध हुने जानकारी दिइएको छ । कम्पनीले अल्वेज अन डिस्प्ले फिचर भविष्यको आईफोन प्रो मोडेलहरुमा पनि राख्ने जनाएको छ ।

यसले प्रयोगकर्ताहरुलाई पूर्ण रुपमा डिभाइस अन नगरिकनै नोटिफिकेसन हेर्न दिनेछ । यो फिचर धेरै एन्ड्रोइड फोनमा पहिले देखिनै उपलब्ध छ ।

एप्पलले पनि आईफोन १३ मै अल्वेज अन डिस्प्ले फिचर राख्ने योजना बनाएको थियो । त्यो बेला केही कारण सम्भव नभएपछि एप्पलले अब आईफोन १४ मा अल्वेज अन डिस्प्ले फिचर ल्याउने भएको हो ।