कीवर्डहरू -

आईफोन १४ का केही मोडेलबाट सिम कार्ड स्लट हटाउँदै एप्पल 

आईफोन १४ का केही मोडेलबाट सिम कार्ड स्लट हटाउँदै एप्पल 

एप्पलले आईफोन १४ का केही मोडेलहरुबाट सिम कार्ड स्लट हटाउने योजना बनाएको छ । यो योजना कार्यान्वयन भएमा आगामी वर्षसम्मको केही आईफोन १४ मोडेलहरुमा सिम कार्ड स्लट हुने छैन् ।

एप्पलले केही समयदेखि ईसिममा काम गर्न खोजिरहेको छ र यही कारणलेनै एप्पलले आईफोन १४ का केही मोडेलहरुबाट सिम कार्ड स्लट हटाउने योजना बनाएको हो । यो परिवर्तन आईफोन १४ मा नभएमा आईफोन १५ मा हुने निश्चित रहेको छ ।

कम्पनीले फोनमै एकीकृत हुने किसिमको डिजिटल अर्थात ई-सिम कार्डलाई प्रवर्द्धन गर्न खोजिरहेको छ । ई–सिम भनेको एक ईम्बेड गरिएको सिम कार्ड हो ।

यो भौतिक सिम कार्डहरुको सट्टामा निकालिएको सिम कार्ड हो, जसले फोनहरुलाई मोबाइल नेटवर्कसँग कनेक्ट गर्ने गर्दछ । इसिम भौतिक सिम कार्ड भन्दा धेरै सानो हुने गर्दछ ।

ई–सिम र भौतिक सिम कार्डको सबैभन्दा ठूलो फरक भनेको त्यो कहाँ राखिएको छ भन्ने हो । ई–सिमलाई मदरबोर्डसँगै जोडिएको हुन्छ ।

यसलाई तपाई न राख्न सक्नुहुन्छ, न हटाउन नै । तर यसमा नम्बर परिवर्तन गर्न सकिन्छ र कुन भिाइसमा राख्ने भनेर पनि परिवर्तन गर्न सकिन्छ ।

यसलाई स्वीच गर्न र सेट गर्न अझैसहज रहेको छ । फोनकलकै माध्यमले तपाईले ई–सिम पाउन सक्नुहुन्छ र आफ्नो हातमा सिम कार्ड कहिले प्राप्त हुन्छ भनेर पर्खेर पनि बस्नुपर्दैन् । ई–सिम पनि अरु सिमकै प्रविधिमा चल्ने गर्दछ र अरु सिम जसरीनै जिएसएम नेटवर्क प्रयोग गर्ने गर्दछ ।