कीवर्डहरू -

नाडा इभी एक्स्पो हुँदै, दुई पाँग्रेदेखि चार पाँग्रेसम्मका सवारी साधन प्रदर्शनी हुने

नाडा इभी एक्स्पो हुँदै, दुई पाँग्रेदेखि चार पाँग्रेसम्मका सवारी साधन प्रदर्शनी हुने

नेपालमै पहिलोपटक आयोजना हुन लागेको नाडा इभी एक्सपो २०२२ को स्टल बुकिङ तथा लक्की ड्र कार्यक्रम सम्पन्न भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार ईभी एक्स्पोमा भाग लिनेगरी कुल ४५ कम्पनीले नाम दर्ता गराएका छन् ।

एक्स्पोमा चार पाँग्रेदेखि तीन पाँग्रे दुई पाँग्रे विद्युतीय सवारी साधनहरुको उल्लेख्य सहभागिता रहने भएको छ । यसैगरी सो प्रदर्शनीमा अटोकम्पोनेण्ट, टायर, ब्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ्ग स्टेशन, लगायत बैङ्क तथा इन्स्योरेन्स कम्पनीहरु समेत गरी कूल ४५ भन्दा बढी कम्पनीहरुको सहभागिता हुने नाडाले जनाएको छ ।

सोही एक्स्पोमा भाग लिने कम्पनीहरुको कसको कहाँ स्टल रहने भन्ने कुरा आयोजक नाडाले लक्की ड्र मार्फत शुक्रबार टुंगाएको छ । नाडा एक्स्पो आगामी असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको  भृकुटी मण्डपमा आयोजना हुनेछ ।