कीवर्डहरू -

द भ्वाइस अफ नेपालको भोटिङ र टिकेटिङ पार्टनरमा खल्ती

द भ्वाइस अफ नेपालको भोटिङ र टिकेटिङ पार्टनरमा खल्ती

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले ‘द भ्वाइस अफ नेपाल’ सँग एक मात्र भोटिङ र टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको छ ।

यस साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले आफुलाई मनपर्ने द भ्वाइस नेपालका प्रतियोगीलाई ‘खल्ती’ मार्फत् भोट गर्न सक्नेछन् साथै द भ्वाइस नेपाल प्रत्यक्ष हेर्न टिकट पनि खरिद गर्न सक्नेछन् ।

‘द भ्वाइस’ अन्तर्राष्ट्रिय रियालिटी टिभी गायन प्रतियोगिताको एक फ्रान्चाईज हो जुन नेपालमा सन् २०१८ मा ‘द भ्वाइस नेपाल’ नामक टेलिभिजन शोबाट सुरु भएको थियो ।

रियालिटी शो ‘द भ्वाइस नेपाल’ हिमालयन टिभीमा हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ। कार्यक्रम भाद्र २४ गतेबाट औपचारिक रुपमा हिमालय टिभीमा प्रसारण हुनेछ ।

कार्यक्रममा कोच/निर्णायकको रूपमा गायक प्रविशा अधिकारी, राजु लामा, प्रमोद खरेल र राजेश पायल राई देखा पर्नेछन्। यस कार्यक्रमको सुरुवात ब्लाइन्ड अडिसन राउन्डबाट हुनेछ जुन समाप्त भएपछि प्रतिस्पर्धीहरु ब्याटल राउन्डमा जानेछन् ।

ब्याटल राउन्डको अन्त्यसंगै लाइभ राउन्ड सुरु हुनेछ जसमा दर्शकहरूले आफ्नो मनपर्ने ट्यालेन्ट लाई ‘खल्ती’ एप प्रयोग गरि भोट गर्न सक्नेछन्।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हिमालयन टिभी र द भ्वाइस नेपालसँग एक मात्र भोटिंग पार्टनरको रूपमा पुनः सहकार्य गर्न पाउँदा निकै खुशी लागेको बताए ।

खल्तीले प्रतियोगितालाई लक्षित गरेर विभिन्न अफरहरु पनि ल्याउने तयारी गरेको उनले जानकारी दिए ।