कीवर्डहरू -

उपाया सिटी कार्गोको नयाँ लोगो र नाम सार्वजनिक

उपाया सिटी कार्गोको नयाँ लोगो र नाम सार्वजनिक

उपाय सिटी कार्गोले आफ्नो नयाँ ब्राण्ड लोगो सार्वजनिक गरेको छ। कम्पनीले लोगोसँगै नाम पनि परिवर्तन गरेको छ ।

अब उपाय सिटी कार्गो ‘उपाय’ को नामले चिनिने छ । निलो र सुन्तला रंगमा डिजाईन गरिएको उपायको नयाँ लोगोले विश्वास र उर्जालाई प्रतिक गर्नुका साथै समग्र सेवालाई प्रतिनिधित्व गर्न खोजेको प्रबन्ध निर्देशक सुमन रायमाझीले बताए ।

नेपालको लजिष्टिक उद्योगलाई उपायले अझै माथि पुर्‍याउने प्रतिवद्धता रायमाझीले व्यक्त गरे । उपायले व्यापारिक र निजी प्रयोजनको लागि सस्तो, भरपर्दो र पारदर्शिताका साथ ढुवानी सेवा प्रदान गर्दै आएको छ ।

भारी सामान तथा पार्सल कार्गो गर्न चाहनेले उपाय सिटी कार्गोको मोबाइल एप वा वेबसाइट चार वा दुई पाङ्ग्रे सवारी बुकिङ गर्न सक्नेछन् । सवारी तत्कालका लागि वा तालिका सेट गरेर बुकिङ गर्न सकिन्छ ।