कीवर्डहरू -

बैंक अफ काठमाण्डूको कार्डबाट ई–कमर्स कारोबारमा १० प्रतिशत क्यासब्याक

बैंक अफ काठमाण्डूको कार्डबाट  ई–कमर्स कारोबारमा १० प्रतिशत क्यासब्याक

बैंक अफ काठमाण्डूले चाडपर्वलाई लक्षित गरी ई–कमर्समा डेबिट र क्रेडिट कार्डमार्फत हुने सम्पूर्ण कारोबारमा नगदफिर्ता दिने योजना ल्याएको छ ।

बैंकको कार्डबाहकले विभिन्न ईकमर्स प्याटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेमा कारोबार गरेको रकमको १० प्रतिशत वा अधिकतम् रु १५०० सम्म नगदफिर्ता पाउन सक्ने बैंकले जनाएको छ ।

यस नगदफिर्ता योजना भाद्र २२ गते बुधबारबाट सुरु हुनेछ । नगदफिर्ता योजना अन्तर्गत बैंकको कार्डबाहकले नगदफिर्ताको लागि योजना अवधिभर ३ वा सोभन्दा धेरै संख्याको ईकमर्स कारोबार गर्नुपर्ने छ  र कारोबार रकम रु. १०,००० वा सो भन्दा बढि रकम हुनपर्नेछ ।