कीवर्डहरू -

दराजको पहिलो मेगा इभेन्ट ‘दराज महोत्सव’, नि:शुल्क प्रवेश र थुप्रै मनोरन्जनात्मक क्रियाकलाप

दराजको पहिलो मेगा इभेन्ट ‘दराज महोत्सव’, नि:शुल्क प्रवेश र थुप्रै मनोरन्जनात्मक क्रियाकलाप

दराजले आफ्नो पहिलो ठूलो स्तरको प्रयोगात्मक कार्यक्रम ‘दराज महोत्सव’ घोषणा गरेको छ। यस भव्य कार्यक्रम भदौ २५ (सेप्टेम्बर १०) मा भृकुटी मण्डप गार्डेन, काठमाडौंमा आयोजना हुने भएको छ ।

दराज महोत्सवमा सांगीतिक र नृत्य प्रस्तुतिदेखि लिएर अन्तरक्रियात्मक खेल, फोटो बुथ, खाना स्टलका साथै बालबालिकाको लागि समर्पित मनोरन्जनात्मक क्रियाकलाप पनि रहने कम्पनीले जनाएको छ।

महोत्सवको बारेमा बोल्दै दराज नेपालका प्रमुख मार्केटिङ अधिकृत प्रनयना केसीले ग्राहकलाई प्राथमिकता राखेर महोत्सव आयोजना गरेको बताइन् ।

‘दराज महोत्सव एउटा पारिवारिक कार्यक्रम रहोस भन्ने हाम्रो सुरु देखि मनसाय रहेको छ । यो कार्यक्रमले सबै उमेर समूहलाई मध्यनजर गरि विभिन्न गतिविदीहरु समेट्ने प्रयाश गरेको छ,’ उनले भनिन, ‘धेरै भन्दा धेरै ग्राहकहरुको उपस्तितीको अपेक्षा गर्दै महोत्सवमा निःशुल्क प्रवेश गर्न सकिने छ ।’

दराज महोत्सव सुशान्त केसी, स्वपन सुमन, वाङ्देन शेर्पा र अन्य शीर्ष कलाकारहरूको सांगीतिक प्रस्तुतिको साथ मनोरञ्जनको एक उत्कृष्ट उत्सव रहनेछ। दर्शकहरूले नृत्य ट्रुप्स र द अनएक्सपेक्टेड क्रुको अद्भुत नृत्य प्रस्तुति पनि पाउने छन् ।

यति मात्र नभई दराज महोत्सवमा विभिन्न थरिका खाना साथै रमाइलो खेलहरु र आकर्षक तथा मनै लोभ्याउने बस्तुहरुको प्रदर्शन पनि गरिने छ।

दराज महोत्सव दराज एप भएका जो कोहीका लागि नि:शुल्क कार्यक्रम हो, आगन्तुकहरूले कार्यक्रममा प्रवेश गर्नका लागि आफ्नो फोनमा एप देखाउन आवश्यक छ। दराज महोत्सव बारे थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्।