कीवर्डहरू -

डिशहोमको रिचार्ज गर्ने स्याङ्जाका अधिकारीले जिते एक लाख नगद

डिशहोमको रिचार्ज गर्ने स्याङ्जाका अधिकारीले जिते एक लाख नगद

डिशहोममा १ वर्षको रिचार्ज गर्दा स्याङ्जा जिल्ला, गल्याङ नगरपालिका वडा नं. ११ का रोमलाल अधिकारीले १ लाख नगद जितेका छन् ।

वडा ११ का वडाध्यक्ष दलबहादुर सिंजालीमगरको प्रमुख अतिथि तथा डिलरदाई गोविन्द प्रसाद शर्मा, रुद्र श्रेष्ठ, डिशहोमको तर्फबाट अफिसर राजाराम पौडेल तथा खेम राज देवकोटाको उपस्थितिमा क्षेत्रीय सेल्स म्यानेजर प्रदिप सुवेदीले उक्त रकम हस्तान्तरण गरेका हुन्  ।

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत तथा कुनैपनि मोवाईल पेमेन्ट सर्भिसबाट १ बर्षको रिचार्ज गर्दा २ बर्षको लागi टेलिभिजन हेर्न पाउनुका साथै हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउने छन् ।

लक्कि ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल र डिशहोम सोकेसमा हेर्न सकिने छ ।