कीवर्डहरू -

साओमी नेपालको नम्बर वान स्मार्टफोन ब्राण्ड

साओमी नेपालको नम्बर वान स्मार्टफोन ब्राण्ड

मार्केट रिसर्च फर्म आइडिसीको विश्वव्यापी मोबाइल फोन ट्रयाकरको दोस्रो त्रैमासिक २०२२ को प्रतिवेदन अनुसार साओमी नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको छ ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पंडाज्यूले आइडिसिको रिपोर्ट अनुसार निरन्तर आठौँ त्रैमासिक सम्म पनि नेपालको नम्बर एक स्मार्ट फोन कम्पनी बन्न सफल भएको बताए ।

रेडमी १० सेरिज, रेडमी ११ सेरिज, रेडमी १२ सेरिज जस्ता विभिन्न मुल्यका धेरै उत्पादनहरु बजारमा ल्याएको कारण शाओमी ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि भएको छ ।

यसका साथै शाओमीले नेपालमा मी वाच लाइट, टिभी स्टिक, ट्रिमर, ब्यान्ड ६, सोनिक बास वायरलेस इयरफोन, पावरब्यान्क, मी प्याड ५ र हालसालै एअर प्युरिफायेर, एअर कम्प्रेसर लगायत ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेको छ ।

यसका अतिरिक्त अफलाइन नेटवर्क विस्तारको कारणले ब्रान्डको समग्र वृद्धिमा योगदान पुर्‍याएको छ । आज शाओमीले नेपालमा आफ्नो उपस्थिति सुदृढ गर्दै देशभरिमा १२ वटा आधिकारिक स्टोर र १८ वटा सर्भिस सेन्टर स्थापना गरेको छ ।

हाल नेपालको विभिन्न स्थानहरुमा कम्पनीको एक बलियो वितरण नेटवर्क रहेको छ । नेपाली ग्राहकहरुको आवश्यकताहरु पूरा गर्नको लागि विशेष आधिकारिक सर्भिस सेन्टरहरुको साथ -साथै एक डेडिकेटेड सर्भिस वेयर हाउसकोे माध्यमबाट मजबूत आफ्टर सेल्स सर्भिस प्रदान गर्दै कम्पनीले बजारमा आफ्नो स्थिति बलियो बनाएको छ । यसले शाओमीलाई विगतको त्रैमासिकमा भन्दा अझै धेरै बजार हिस्सा लिन सहयोग गरेको छ ।