कीवर्डहरू -

एन आई सी एशिया बैंकद्वारा ग्राहक पहिचानको लागि भिडियो केयाईसी सेवा सुचारु

एन आई सी एशिया बैंकद्वारा ग्राहक पहिचानको लागि भिडियो केयाईसी सेवा सुचारु

एन आई सी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडियो केयासी सेवाको शुभारम्भ गरेको छ । यस बैंकमा अनलाईन खाता खोल्ने स्वदेश वा विदेशमा रहनुभएका ग्राहक महानुभावहरुले भिडियो कलको माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण बैंकलाई सहज रुपमा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ।

बैंकको वेबसाइट www.nicasiabank.com मार्फत अनलाइनबाट खाता खोल्दा ग्राहकहरुलाई केयासी विवरण सम्बन्धमा दुइ विकल्प राखिएको छ । जसमा, ग्राहकले आफ्नो केयासी आफूलाई पायक पर्ने शाखामा गई उपलब्ध गराउने वा सम्वन्धित बैंक कर्मचारीसँग भिडियो कल गरि उक्त कल मार्फत केयासी विवरण अद्यावधिक गर्ने भन्ने विकल्प दिने व्यवस्था गरिएको छ ।

यदि भिडियो केयासी मार्फत आफ्नो केयासी जानकारी सम्वन्धित बैंकलाई उपलब्ध गराउने हो भने ग्राहकहरुले आफ्नो अनुकुल समय अनुसार सम्वन्धित बैंकका कर्मचारीलाई बैंकको कार्यालय समयमा सम्पर्क गरि भिडियो कलमार्फत आफ्नो केयासी विवरण बैंकलाई उपलब्ध गराउन सक्नुहुनेछ वा बैंकिङ्ग समयमा भिडियो केयासीको भिडियो कलको लागि अपोइन्टमेन्ट बुक गरि सो समयमा केयासी विवरण अद्यावधिक गर्नु पर्ने छ ।

ग्राहकहरुले भिडियो केयासीको लागि कलगर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता/पासपोर्ट/ड्राइभिङ लाइसेन्स/भोटर कार्ड) तथा सेतो कागज र कालो/निलो मसी भएको पेन आफूसँग राखि बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडियो कलमार्फत  देखाउनु पर्ने हुन्छ ।

भिडियो केयासीमार्फत केयासी विवरण अद्यावधिक गरे पश्चात् ग्राहकहरुले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्नुहुनेछ । भिडियो केयासीमार्फत आफ्ना विवरणहरु अद्यावधिक गरि बढि भन्दा बढि लाभ ग्रहण गर्न बैंकले समस्त ग्राहकवर्गमा अनुरोध समेत गरेको छ ।