कीवर्डहरू -

साङ्ग्रिला डेभलपमेन्ट बैंकले भक्स्क्रोको गेटडेस्क सफ्टवेयर प्रयोग गर्ने

साङ्ग्रिला डेभलपमेन्ट बैंकले भक्स्क्रोको गेटडेस्क सफ्टवेयर प्रयोग गर्ने

साङ्ग्रिला डेभलपमेन्ट बैंकले गेटडेस्क सफ्टवेयरको साथ आफ्नो बैंकिङ ग्राहक अनुभव बढाउन भक्स्क्रोसँग साझेदारी गरेको छ ।

अरुको तुलनामा फरक भएर सेवा दिने योजनाका साथ आएको  बैंकले गेटडेस्ट सफ्टवेयरबाट कलसेन्टर साझेदारी गरी गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

सन् २०१८ देखि सञ्चालनमा आएको भक्स्क्रो एक डिजिटल संचार प्लेटफर्म प्रदायक हो । गेटडेस्क (क्लाउडबेस्ड कल सेन्टर सफ्टवेयर) र रिङ्गेज (बल्क अटोमेटेड भोइस ब्रोडकास्टिङ सलुसन) भक्स्क्रोको मुख्य उत्पादनहरू हुन् ।

यसअघि भक्स्क्रोले सिएनआवाइइएफ नेपालले आयोजनामा गरेको कार्यक्रममा ‘कस्टमर एक्सिलेन्स अवार्ड २०२२’ को विजेता र अध्यन्त्र फाउन्डेसनको तर्फबाट ‘सिएनआवाइइएफ स्टार्ट अप फेस्ट २०२२’ बाट एक करोड रुपैयाँ फन्ड कलेक्सन समेत गरिसकेको छ ।

भक्स्क्रोले अहिलेसम्म ६५ भन्दा बढी कम्पनीलाई सेवा दिएको छ । भक्स्क्रोले प्रत्येक कलमा पारदर्शिता सिर्जना गर्न, नेपाली व्यवसायहरूलाई डिजिटल सञ्चार प्रणालीमा रूपान्तरण गर्ने लक्ष्य लिएको छ ।

भक्स्क्रोको सहायताबाट गेटडेस्क, ब्लाजेन, फ्रन्टडेस्क लगायतका सफ्टवेयर प्रयोग गरि ग्राहकले कस्टमर सर्भिस डिपार्टमेन्ट, सेल, टेलिमार्केटिङ डिपार्टमेन्ट, आइभिआर, भोइस ब्रोडकास्ट वा व्यवसायीक सञ्चारको सेवा लिन सक्नेछन् । यसले ग्राहकलाई प्रत्यक कलमा स्पष्ट जानकारी प्रदान गर्नेछ ।