कीवर्डहरू -

लेभ्लिङको स्कुटरमा ५ लाखसम्म छुट पाउने अवसर

लेभ्लिङको स्कुटरमा ५ लाखसम्म छुट पाउने अवसर

बज्र ग्रुप अन्तर्गतको कम्पनी  ईभी नेपाल मोटर्सले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक  स्कुटरमा दशैँ अफर ल्याएको छ । कम्पनीले 'लेभ्लिङको सफर दशैँ तिहारमा डबल अफर' नामक स्किम संचालनमा ल्याएको हो|

यस स्किममा घरमै बसेर एसएमएस  EVNEPAL<space>1111 and send it to 35001 बाट १ लाख सम्म छुट पाउन सकिने कम्पनीले जनाएको छ ।  यसैगरी शोरुम गएर  शोरुमले दिएको कोडमा एसएम स गरेर फेरि छुट पाउन सकिनेछ ।  यसमा २ चोटी एसएम स मार्फत डबल छुट पाउन सकिने छ भने जसमा ७  हजारदेखि ५ लाख सम्म छुट रकम म्यासेजमा आउने छ  ।

म्यासेजमा आएको रकम हेरेर  स्कुटर किन्दा  कम्पनीले छुट दिनेछ  | यसका साथै नविल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सकिने छ । कुनै पनि पेट्रोल बाइकसँग सजिलै एक्सचेन्ज पनि गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको हाल एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म रहेका छन् ।