कीवर्डहरू -

सेलपे दसैँ धमाका अफर सार्वजनिक

सेलपे दसैँ धमाका अफर सार्वजनिक

भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले दसैँको अवसरमा आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर लिएर आएको छ ।

सेलपे सेवाले विजया दशमीकोे पावन अवसरमा आफ्ना ग्राहकहरुका लागि आकर्षक अफर लिएर आएको छ । यस योजना अन्तर्गत हरेक ग्राहकहरुले निम्न सेवाहरुमा क्यासब्याक प्राप्त गर्नसक्ने छन् ।

-हवाई टिकटमा रु १२०० सम्मको क्यासब्याक  ।

-बस टिकटमा १० प्रतिशतसम्मको क्यासब्याक  ।

- सुबिसु इन्टरनेट भुक्तानीमा ५ प्रतिशत क्यासब्याक  ।

- भायानेट इन्टरनेट भुक्तानीमा ५ प्रतिशत क्यासब्याक  ।

- मोबाईल रिर्चाजमा ६ प्रतिशत  क्यासब्याक ।


सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ५००००० मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पि टू पी, पि टू बी, बि टू पी, बि टू बी आदि वास्तविक समयमा गर्न सकिन्छ ।

साथै ग्राहकहरुले सेलपे कार्ट सेवा मार्फत सजिलै घरमै बसी बसी बिभिन्न सामानहरु खरिद गर्न सक्नु हुनेछ ।