कीवर्डहरू -

आइएमई पे एप मार्फत गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाइटमा खरिद गर्दा २० प्रतिशत छुट

आइएमई पे एप मार्फत गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाइटमा खरिद गर्दा २० प्रतिशत छुट

आइएमई पे र किरण शुजद्वारा निर्मित गोल्डस्टार शुजबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई पे डिजिटल दशैँ तिहार २०७९ क्याम्पेनमा गोल्डस्टार जुत्ता साझेदारको रुपमा जोडिएको छ ।

गोल्डस्टार जुत्ताले आइएमई पेलाई यस ४६ दिने क्याम्पेन अवधिभर हरेक दिन १ जोडि गोल्डस्टार जुत्ता प्रदान गर्नेछ । साथै, प्रयोगकर्ताहरूले आइएमई पे एप मार्फत गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाइटमा जुत्ता खरिद गर्दा फ्लाट २० प्रतिशत क्यास ब्याक पनि प्राप्त गर्ने गरी व्यवस्था मिलाइएको छ ।

आइएमई पेको दशैँ क्याम्पेनमा हरेक दिन १ भाग्यशाली विजेताले रिडिमेबल भाउचर कोड पाउनेछन् । सो कोड प्रयोग गरी विजेताहरूले गोल्डस्टार जुत्ताको आधिकारिक वेबसाइटमा निःशुल्क जुत्ता प्राप्त गर्न सक्नेछन् ।  यद्यपि, विजेताहरूले डेलिभरी चार्ज भने स्वयम् नै तिर्नु पर्ने शर्त राखिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।