कीवर्डहरू -

गूगल सिटलाई एक्सेल फर्म्याटमा पठाउन यस्तो गर्नुहोस्

गूगल सिटलाई एक्सेल फर्म्याटमा पठाउन यस्तो गर्नुहोस्

गूगल सिट्स र माइक्रोसफ्ट एक्सेल दुई ओटा धेरै प्रयोग गरिने स्प्रेडसिट प्रोग्राम हो । गूगल सिट प्रयोगकर्तालाई एक्सेल फर्म्याटमामै कहिलेकाँही फाइल पठाउनुपर्ने हुनसक्छ । यसका लागि केही सजिलै स्टेपहरु प्रयोग गर्न सकिन्छ ।

सर्वप्रथम सिट्समा फाइल खोल्नुहोस् । त्यसपछि फाइलमा क्लिक गरेर 'इमेल एज एन एट्याचमेन्ट' भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।

यसपछि 'एट्याच एज' अन्र्तगत माइक्रोसफ्ट एक्सेल छानेर इमेल एड्रेस, सब्जेक्ट र मेसेज हाल्नुपर्ने हुन्छ । यसपछि 'सेण्ड' बटनमा क्लिक गर्नुपर्ने हुन्छ । यसरी सजिलै गूगल सिटलाई एक्सेल फरम्याटमा पठाउन सकिन्छ ।