कीवर्डहरू -

आईएमई पेमा अब ७.१३ प्रतिशत ब्याज पाइने

आईएमई पेमा अब ७.१३ प्रतिशत ब्याज पाइने

नेपालको एक मात्र ब्याज दिने वालेट ‘आईएमई पे’ ले असोज महिनाबाट आफूले प्रदान गर्दै आइरहेको ब्याजदरमा वृद्धि गरेको छ । यसअघि ६.०३ प्रतिशत ब्याजदर दिदै आएकोमा आईएमई पेले त्यसलाई बढाएर ७.१३ प्रतिशत कायम गरेको हो ।

प्रयोगकर्ताहरुले अब बैंकमा पाइने झैँ सेवा आफ्नो मोबाईल वालेटमा आइएमई पे मार्फत पाउन सक्ने छन् । प्रयोगकर्ताहरुले आफ्नो वालेट एपमा रू. १ हजार रूपैयाँ राखेपछि सुपरवालेटमा रूपान्तरण भइ यो सुविधा प्राप्त गर्न सक्छन् ।

आर्थिक समावेशीकरण एवम् वित्तीय पहुँचको अभिवृद्धिमा यो महत्त्वपूर्ण कदम हुने विश्वास कम्पनीले लिएको छ । यसका अतिरिक्त अन्य उपभोक्तालाई पनि डिजिटल भुक्तानीमा आकर्षित गर्न यो महत्त्वपूर्ण आयाम हुन सक्ने विश्वास लिइएको छ ।

यसका साथै ग्राहकहरुले यस दशैँ, तिहार र छठको अवसरमा आइएमई पे डिजिटल दशैँ तिहार २०७९ अभियान अन्तर्गत आइएमई पे मार्फत कुनै पनि कारोबार गरेर बम्परमा राफ्ट वारिअरको ई-स्कुटी, दैनिकमा दराजको डिस्काउन्ट भाउचरको साथै अन्य धेरै उपहारहरु जित्ने मौका पाउनेछन् ।