कीवर्डहरू -

सानिमा बैंकको क्यास डिपोजिट मेसिन, अब मेसिनबाटै पैसा जम्मा गर्न सकिने

सानिमा बैंकको क्यास डिपोजिट मेसिन, अब मेसिनबाटै पैसा जम्मा गर्न सकिने

सानिमा बैंकले ग्राहकहरुको सुविधाका लागि क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । उक्त मेसिनबाट ग्राहकहरू आफैले नै खातामा रकम जम्मा गर्न सक्ने बैंकले जनाएको हो ।

यस सुविधाबाट ग्राहकहरुलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने बैंकले विश्वास लिएको छ ।

हाल उक्त मेसिनबाट ग्राहकहरुले रु. ५०० र १००० दरका रु. १ लाखभन्दा कम नेपाली नोट रकम जम्मा गर्न सक्नेछन् ।

यसरी रकम जम्मा भएपछि ग्राहकले जम्मा रसिद प्राप्त गर्नेछन् । हाल यो सुबिधा बैंकको केन्द्रिय कार्यालय, नक्सालबाट प्राप्त हुने जनाइएको छ ।