कीवर्डहरू -

अत्याधुनिक बन्दै साइबर ब्यूरो, कारियाले दिएको १ अर्ब के मा हुन्छ खर्च ?

अत्याधुनिक बन्दै साइबर ब्यूरो, कारियाले दिएको १ अर्ब के मा हुन्छ खर्च ?

अर्थ मन्त्रालय र गणतन्त्र कोरियाबीच नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर व्यूरो स्थापना गर्न सम्झौता-पत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह एवं नेपाल प्रहरी साइबर ब्यूरोका अधिकृतको समेत उपस्थितिमा अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल सरकारकोतर्फबाट अर्थ सचिव कृष्णहरि पुष्कर र गणतन्त्र कोरियाकोतर्फबाट नेपालका लागि गणतन्त्र कोरियाका राजदूत चोड-सुक पार्कले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (KOICA) ले साइबर ब्यूरोको क्षमता अभिवृद्धि गर्न ८० लाख अमेरिकी डलर अर्थात करिब १ अर्ब रूपैयाँ अनुदान दिनेछ ।

कार्यक्रममा अर्थ सचिव पुष्करले साइबर अपराधका बढ्दो घटनालाई नियन्त्रण गर्न साइबर व्यूरोलाई सक्षम र सुसज्जित बनाउनका परियोजना महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा गणतन्त्र कोरियाका राजदूत पार्कले विश्वभर र नेपालमा पनि व्यापक रूपमा बढ्दै गएको साइबर अपराधको दरप्रति चिन्ता व्यक्त गर्दै साईबर अपराध नियन्त्रण गर्न नेपाल प्रहरीको क्षमता अभिवृद्धि गर्ने साइबर अपराध नियन्त्रण आयोजनाबाट महत्वपूर्ण सहयोग हुने बताए ।

नेपाल प्रहरीको साइबर अपराध विरूद्धको क्षमतालाई सुदृढ गर्नुका साथै साइबर व्यूरोको अत्याधुनिक भवन निर्माण, साइबर अपराध अनुसन्धानसँग सम्बन्धित उपकरण तथा डिजिटल फरेन्सिक ल्याब उपलब्ध गराउने र नेपाल प्रहरीको सम्बन्धित जनशक्तिको क्षमता अभिवृद्धि गर्ने आयोजनाको मुख्य उद्देश्य रहेको छ ।