कीवर्डहरू -

ट्रिपल क्यामेरा भएको सामसङको ग्यालेक्सी ए ०४ एस नेपालमा, कति छ मूल्य ?

ट्रिपल क्यामेरा भएको सामसङको ग्यालेक्सी ए ०४ एस नेपालमा, कति छ मूल्य ?

सामसङ नेपाली बजारमा ग्यालेक्सी ए ०४ एस सार्वजनिक गरेको छ । ट्रिपल क्यामेरा राखिएको फोन नेपालमा उपलब्ध भएको हो ।

फोनमा ५० मेगापिक्सेलको मेन क्यामरा, २ मेगापिक्सेलको रिफाइन्ड म्याक्रो क्यामरा र २ मेगापिक्सेलको डेप्थ क्यामरा रहेको छ । मोबाइलमा ५ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ ।

६.५ इन्च एचडी एमोलिड डिस्प्ले रहेको फोन एक पटक फुल चार्ज गरेपछि २ दिनसम्म टिक्ने ५०० एमएएच ब्याट्री रहेको कम्पनीको दाबी छ ।  ए ०४ एस कालो, कपर र हरियो गरी तीन आकर्षक रंगहरूमा उपलब्ध छ ।

१२८ जीबी रोम सहित ४ जीबी र्याम भएको ग्यालेक्सी ए ०४ एस को मूल्य २१ हजार ९९९ रूपैयाँ तोकिएको छ भने ६४ जीबी रोम र ४ जीबी र्याम भएको फोनको मूल्य रु १९ हजार ९९९ रूपैयाँ रहेको छ ।