कीवर्डहरू -

अनलाइनबाटै नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय टिकट खरिद गर्न सकिने

अनलाइनबाटै नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय टिकट खरिद गर्न सकिने

नेपाल वायुसेवा निगमले सोमबारदेखि अनलाइनबाटै अन्तर्राष्ट्रिय टिकट खरिद गर्न सकिने व्यवस्था गरेको छ ।

निगमले आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकेटिङ सेवा 'Internet Booking Engine' (IBE) मार्फत टिकट बुकिङ सुरु गरेको हो ।


विश्वका कुनै पनि ठाउँबाट नेपाल एयरलाइन्सको वेबसाइटमा गएर टिकट खरिद गर्न सक्नेछन् । यसले संसारभरका यात्रुलाई निगमको टिकट खरिदमा सहजता हुने कम्पनीले विश्वास छ ।

निगमले हाल दिल्ली, मुम्बई, बैंगलौर, दुबई, दोहा, हङ्गकङ्ग, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।