कीवर्डहरू -

क्युआर कोडमार्फत भुक्तानी गर्दा सानिमा बैंकको १० प्रतिशत छुट

क्युआर कोडमार्फत भुक्तानी गर्दा सानिमा बैंकको १० प्रतिशत छुट

वडा दशैं र तिहारको अवसरमा सानिमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी क्युआर कोडमार्फत भुक्तानी गर्दा छुट दिने जनाएको छ । ग्राहकहरुलाई १० प्रतिशत वा अधिकतम रु. १०० सम्मको छुट प्रदान गरिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो योजना आश्विन १६ देखि २२ गते र कार्तिक ७ देखि १२ गतेसम्म फोनपे मर्चेन्टहरुमा मात्र लागू हुने जनाइएको छ ।  यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ ।