कीवर्डहरू -

लाराभेल प्रोग्रामिङ सिकाउँदै योङ माइन्ड्स, उद्योग र एकेडेमियाबीचको दूरी कम गर्ने लक्ष्य

लाराभेल प्रोग्रामिङ सिकाउँदै योङ माइन्ड्स, उद्योग र एकेडेमियाबीचको दूरी कम गर्ने लक्ष्य

याेङ माइण्ड्सले लाराभेल प्रोग्रामिङमा लागेका आईसिटी अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै लारामाइण्ड्स नामक सामाजिक कार्यक्रम सुरु गरेको छ ।

यस कार्यक्रम अन्तर्गत याेङ माइण्ड्सले लाराभेल प्रोग्रामिङ गर्न रुची हुने आईसिटी अध्ययनरत विद्यार्थीहरुलाई प्रशिक्षण दिनेछ । यस कार्यक्रमका लागि याेङ माइण्ड्सले लिभिङ विथ आइसिटीसँग पनि सहकार्य गरेको हो ।

बिहीबार याेङ माइण्ड्स क्रियसन प्रालिकी कम्युनिकेसन अफिसर रसु खड्का र लिभिङ विथ आइसिटीकी ईभेन्ट म्यानेजर मुस्कान प्रसाईबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

आईटी उद्योग र एकेडेमियाबीचको दूरीलाई कम गर्न याेङ माइण्ड्सले यो पहल सुरु गरेको खड्काले बताइन् ।  लाराभेल सिक्न चाहनेहरूका लागि यो सहकार्य महत्वपूर्ण हुने प्रसाईको भनाइ छ ।

याेङ माइण्ड्सले प्रशिक्षणको समयमा लारामाइण्ड्सहरुलाई विभिन्न स्रोत, प्रशिक्षक र प्रोजेक्ट गाईडलाइनहरु उपलब्ध गराउनेछ । यसका लागि संस्थाले विभिन्न कलेजहरुसँग पनि सहकार्य गर्नेछ ।

यस प्रशिक्षणले लाराभेल प्रोग्रामिंगमा लागेका विद्यार्थीहरुलाई थप सहयोग मिल्ने संस्थाको विश्वास रहेको छ ।