कीवर्डहरू -

नेपाली बिजनेस नेतृत्वका लागि आयोजना गरिएको ‘एड्भान्स लिडरसीप’ कार्यक्रम सम्पन्न

नेपाली बिजनेस नेतृत्वका लागि आयोजना गरिएको ‘एड्भान्स लिडरसीप’ कार्यक्रम सम्पन्न

नेपाली बिजनेस नेतृत्वका लागि ‘एड्भान्स लिडरसीप’ कार्यक्रम सम्पन्न भएको छ । अमेरिकाको ह्युजटन विश्वविद्यालयको जोन्स ग्राजुएट स्कुल अफ बिजनेससँगको सहकार्यमा लिडरसीप एकेडेमी नेपालले लिडरसीप कार्यक्रम आयोजना गरेको थियो ।

यो कार्यक्रम सेप्टेम्बर १९ देखि २४ सम्म आयोजना भएको छ, जहाँ बैंकिङ तथा अन्य क्षेत्रको नेतृत्व गर्ने व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

लिडरसीप कार्यक्रममा राइस विश्वविद्यालयका डीनसहित विश्वस्तरीय प्रशिकहरूको उपस्थिति रहेको थियो । कारोना महामारीपछि बिजनेस नेतृत्वको चुनौती र अवसरको खोजी गर्न कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ ।