कीवर्डहरू -

फोनपे चौंथो वर्षमा प्रवेशः दैनिक ५ अर्ब बढीको कारोबार, १ करोड ७० लाख बढी प्रयोगकर्ता

फोनपे चौंथो वर्षमा प्रवेशः दैनिक ५ अर्ब बढीको कारोबार, १ करोड ७० लाख बढी प्रयोगकर्ता

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे चौंथो वर्षमा प्रवेश गरेको छ । नेपाललाई क्यासलेस बनाउने योजना अनुसार ‘नगद छोडौं, फोनपे गरौं’ भन्ने नारासहित आजभन्दा ३ वर्ष अगाडि फोनपे स्थापना भएको थियो ।

हाल फोनपेबाट मात्रै दैनिक ५ अर्ब बढीको कारोबार हुन थालेको छ । बैंकिङ क्षेत्रमा फोनपेले बनाएको यो नयाँ रेकर्डसँगै डिजिटल भुक्तानीको क्षेत्रमा ठूलो उपलब्धि पनि हो ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फोनपे पेमेन्ट सर्भिस लिमिटेड एफवान सफ्ट ग्रुपको सहायक कम्पनी हो ।

फोनपेमा अहिले ६३ बैंक तथा वित्तिय संस्था, ९ लाख ५० हजार मर्चेन्ट आवद्ध भएका छन् भने १ करोड ७० लाख बढीले प्रयोग गरी रहेका छन् ।

फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भिथ्रिटुवान प्रमाणीकरण प्राप्त संस्था हो ।