कीवर्डहरू -

पुनः गूगल प्ले स्टोरमा उपलब्ध भयो इसेवा

पुनः गूगल प्ले स्टोरमा उपलब्ध भयो इसेवा

ईसेवा मोबाइल एप गूगल प्ले स्टोरमा उपलब्ध भएको छ । गूगल प्ले स्टोरबाट शुक्रबार दिउँसो हटेको इसेवा एप पुनः शनिबार प्ले स्टोरमा उपलब्ध भएको हो ।

प्राविधिक कारणले एप प्ले स्टोरबाट हटेको र अहिले फेरि प्ले स्टोरमा उपलब्ध भएको इसेवाले जानकारी दिएको छ ।

यसअघि आईएमई पे, खल्ती एप पनि गुगल प्ले स्टोरबाट हटेर पुनः प्ले स्टोरमा फिर्ता आएका थिए ।