कीवर्डहरू -

भरोसा छात्रवृत्तिका लागि ३४ विद्यार्थी छनौट

भरोसा छात्रवृत्तिका लागि ३४ विद्यार्थी छनौट

कोभिड १९ बाट प्रभावित (अभिभावक गुमाएका) भई शिक्षाबाट बञ्चित हुन पुगेका ३४ बालबालिकालाई भरोसा छात्रवृत्ति अभियानले छनौट गरेको छ ।

यस छात्रवृत्तिमा भरोसा अभियानले प्रत्येक बालबालिकाहरुलाई १ देखी १२ कक्षा सम्म अध्ययनको लागि ५ हजार रूपैयाँ प्रति महिनाका दरले रकम उपलब्ध गराउनेछ ।

छात्रवृत्तिका लागि आवश्यक रकम डिश मिडिया नेटवर्कले उपलब्ध गराउँदै आएको छ । साथै प्राविधिक सहयोग हेल्प नेपाल तथा फ्याक्ट नेपाल गर्दै आएका छन् ।