सोमबार, १९ मङ्सिर, २०७९
Monday, 05 December, 2022
Skip Advt.

वर्ल्ड समिट अवार्ड २०२२ मा नेपालबाट नागरिक एप, क्युरा हेल्थ र वेद शर्टलिष्ट

वर्ल्ड समिट अवार्ड (डब्लुएसए) २०२२ को अवार्डमा नेपालका ३ प्रडक्ट शर्टलिष्ट भएका छन् । नेपालका नागरिक एप, क्युरा हेल्थ र वेद डब्लुएसए अवार्डको शर्टलिष्टमा छनोट भएका हुन् । 

एब्लुएसएमा यस वर्ष ७९ बढी देशबाट ३२५ नोमिनेसन आएका थिए, जसमध्ये ५९ देशका १३७ प्रडक्ट डब्लुएसए २०२२ मा शर्टलिष्ट भएका छन् ।  

नेपालबाट गभर्मेन्ट एण्ड सिटिजन इंगेजमेन्ट विधा अन्तर्गत नागरिक एप, हेल्थ एण्ड वेल बिइङ विधा अन्तर्गत क्युरा हेल्थ र लर्निङ एण्ड एजुकेशन विधा अन्तर्गत वेद छानिएको नेपालका लागि डब्लुएसए नेसनल टिम एक्सपर्ट राजन लम्सालले जानकारी दिए । 

आइसिटीसँग सम्बन्धित स्थानीय डिजिटल इन्नोभेसन प्रवर्द्धन गर्न गैरनाफामूलक संस्था इन्टर्नेसनल सेन्टर फर न्यू मिडियाले डब्लुएसए आयोजना गर्दै आएको छ ।

सन् २००३ मा सुरू भएको डब्लुएसएमा अहिलेसम्म विश्वका १८२ देशका प्रडक्टले सहभागिता जनाइसकेका छन् ।अवार्ड ९ विधामा प्रदान हुँदै आएको छ । 

 

सम्बन्धित समाचार