कीवर्डहरू -

गूगलको पहिलो स्मार्टवाच सार्वजनिक, के के छन् सुविधा र कति पर्छ मूल्य ?

गूगलको पहिलो स्मार्टवाच सार्वजनिक, के के छन् सुविधा र कति पर्छ मूल्य ?

गूगलले आफ्नो पहिलो स्मार्टवाच ‘पिक्सेल वाच’ सार्वजनिक गरेको छ । हार्डवेयर इभेन्टमा गूगलले पिक्सेल वाच सार्वजनिक गरेको हो । ४१ एमएम साइजमा उपलब्ध भएको यस स्मार्टवाच गूगलको वेयर ओएसबाट सञ्चालित छ ।

स्मार्टवाचलाई थ्रिडी कर्निङ गोरिल्ला ग्लास फाइभले कभर गरिएको छ । यसमा वाटर रेसिस्टेन्ट र स्क्रयाच रेसिस्टेन्ट फिचर राखिएको छ ।

३२ जीबी अनबोर्ड स्टोरेजसहित आउने पिक्सेल वाचले ३० मिनेटमा ५० प्रतिशत चार्ज गर्नेछ । वाच २० ब्याण्ड स्टाइल र १९ कस्टुमाइजेसबल फेसहित आउने जनाइएको छ ।

यसमा इमर्जेन्सी एसओएस फिचर समेत रहेको छ । अर्को वर्षमा वाचमा फल डिटेक्सन फिचर आउने छ । यसमा ४० एक्ससाइज मोड पाइने छ ।

ब्लुटुथ र वाईफाई सुविधा रहेको गूगल पिक्सेल वाचको मूल्य ३४९ अमेरिकी डलर तोकिएको छ भने फोरजी सुविधा भएको वाचको मूल्य ३९९ अमेरिकी डलर तोकिएको छ ।

खरिद गर्दा ६ महिनाको फिटबिट प्रिमियम ३ महिनाको युट्युब म्युजिक प्रिमियम निःशुल्क पाइने छ । पिक्सेल वाच अमेरिका, क्यान्डा, बेलायत, आयरल्याण्ड, जर्मनी, फ्रान्स, जापान, अष्ट्रेलिया र ताइवानमा अक्टोबर १३ देखि उपलब्ध हुनेछ ।