कीवर्डहरू -

टेस्लाले उत्पादन गर्न थाल्यो विद्युतीय सेमिट्रक, कति पर्छ मूल्य ? 

टेस्लाले उत्पादन गर्न थाल्यो विद्युतीय सेमिट्रक, कति पर्छ मूल्य ? 

विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्लाले विद्युतीय सेमिट्रक निर्माण गर्न सुरू गरेको छ । टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले एक ट्विट गर्दै टेस्ला सेमिट्रक उत्पादन गर्न सुरू गरिएको जानकारी दिएका हुन् ।

यो सेमिट्रक आउँदो डिसेम्बर १ मा पेप्सीलाई डेलिभर गरिनेछ । पेप्सीले सन् २०१७ मै १०० वटा सेमिट्रक अर्डर गरेको थियो । टेस्लाको यो विद्युतीय ट्रकले ५०० माइल रेञ्ज दिने जनाइएको छ ।

टेस्लाले सन् २०१७ मा सेमिट्रक सार्वजनिक गरेको भएपनि उत्पादन भने सुरू गरेको थिएन् । टेक क्रन्चका अनुसार वालमार्ट, युपीएस लगायतका अन्य ठूला कम्पनीले पनि अर्डर गरेका थिए ।

एक पटकको चार्जमा यसले ५०० माइल रेन्ज दिनेछ । जसको मूल्य १ लाख ५० हजार अमेरिकी डलरदेखि १ लाख ८० हजार अमेरिकी डलरको बीचमा पर्नेछ । टेस्लाले ३०० माइल रेन्ज दिने सेमिट्रक पनि निर्माण गर्ने योजना बनाएको छ ।