कीवर्डहरू -

विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेञ्ज प्लेटफर्म बाइनान्सबाट १० करोड चोरी 

विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेञ्ज प्लेटफर्म बाइनान्सबाट १० करोड चोरी 

विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेञ्ज प्लेटफर्म बाइनान्सबाट १०० मिलियन (१० करोड रूपैयाँ) बढी अमेरिकी डलर चोरी भएको छ ।

बाइनान्सले नै आफ्नो प्लेटफर्मबाट १० करोड बढी चोरी भएको पुष्टि गरेको हो । ह्याकरले सुरुमा झण्डै ५६८ मिलियन डलर बराबरको कुल २ मिलियन बीएनबी (बाइनान्स ब्लकचेन) टोकनहरू चोरेका थिए ।

तर बाइनान्सले बीएनबी चेन निलम्बन गरेपछि ह्याकरहरू १०० मिलियन डलरबढी मात्रै चोरी गर्न सफल भएका छन् । कम्पनीले चेन निलम्बन गरेपछि ह्याकरले बाँकी टोकन स्थान्तरण गर्न सकेनन् ।

बाइनान्सका सीईओ चाङपेङ झाओले एक ट्विटमा १०० मिलियन अमेरिकी डलरदेखि ११० मिलियन अमेरिकी डलर चोरी भएका अनुमान गरिएको बताएका छन् ।

साथै बाइनान्सले बीएनबी चेनमा फेला पारेको प्रत्येक महत्वपूर्ण बगका लागि १ मिलियन डलर दिने बताएको छ ।