कीवर्डहरू -

यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ स्टार्टअप

यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ स्टार्टअप

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ स्टार्टअप छनोट भएका छन् । स्टार्टअप विधा अन्तर्गत कुल ४५ स्टार्टअपले आवेदन दिएका थिए ।

प्राप्त आवेदन मध्येबाट अवार्डको १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले २ चरणको बैठक पश्चात उत्कृष्ट १२ को नाम छनोट गरिएको हो ।

स्टार्टअप आइसिटी अवार्ड आइटी प्रडक्ट, सर्भिस तथा इन्नोभेसनको क्षेत्रमा काम गरिरहेका स्टार्टअप कम्पनीलाई प्रोत्साहन र प्रवर्द्धन गर्न प्रदान गरिन्छ ।

यस विधामा विगत ३ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट स्टार्टअप

एरिया टेक्नोलोजिज

एरिया टेक्नोलोजी सूचना प्रविधि कम्पनी हो, जसले मुख्य गरी सफ्टवेयरहरू बनाउँछ । प्रविधिको माध्यमबाट भविष्य राम्रो बनाउने सपनासहित एरिया टेक्नोलोजी अगाडि बढेको छ ।

डिजिटल इकोसिस्टमलाई अझै मजबुत पार्न कम्पनीले काम गरिरहेको छ ।

एरिया टेक्नोलोजीले क्युबेक्स, लालिगुँरास, सम्पत्ति, मिजानी लगायतका सफ्टवेयर तयार पारेर नेपालको डिजिटल इकोसिस्टमलाई सघाइ रहेको छ ।

बीआईसी टेक्नोलोजी

बीआईसी टेक्नोलोजीकोले टिग नामक प्रडक्ट निर्माण गरेको छ । यसले नेपाली साना तथा मझौला बिजनेसका लागि सोलुसन प्रदान गरिरहेको छ ।

टिग आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित एउटा अकाउन्टिङ सिस्टम हो । टिगले कम्पनीको फाइनान्स र ट्याक्सलाई म्यानेज गर्न सघाउँछ ।

टिग इन्जिनियर, चार्टड एकाउन्टेन्ट र बिजनेस म्यानेजरको समूहले तयार पारेको हो । नेपाली व्यवसायको समस्यालाई समाधान गर्न टिग निर्माण गरिएको कम्पनीको भनाइ छ ।

टिगमा डकुमेन्ट, टास्क र कन्ट्याक्टका साथसाथै खरिद, बिक्री, इन्भेन्ट्री र अकाउन्टिङ फिचर छन् । टिगबाट इनभेन्टरीको ३६० डिग्री हेर्न सकिन्छ । प्रयोगकर्ताले मोबाइलबाटै बिल, इनभ्वाइस अपलोड गर्न सक्छन् ।

बिहे नेपाल

बिहे नेपाल जीवनसाथी खोजिदिने प्लेटफर्म हो । अनलाइनबाटै आफुलाई सुहाउँदो जोडी खोज्न सघाउने बिहे नेपालले छोटो समयमै प्रयोगकर्तालाई आकर्षित गर्न सफल भएको छ ।

अहिले बिहे नेपाल मोबाइल एप ३७ हजार बढीले प्रयोग गर्दै आएका छन् । बिहे नेपाल निःशुल्कप्रयोग गर्न सकिन्छ । प्रयोगकर्ताको गोपनीयताका लागि एपले प्रयोगकर्ताको पहिलो नाम लुकाउने गरेको छ ।

त्यसबाहेक बिहे नेपाल एपबाट इन्क्वाइरी आएपछि थप कुराकानीका लागि सम्पर्क नम्बर वा सामाजिक सञ्जालको लिंक दिन सकिन्छ ।

फेक अकाउन्टलाई रोक्ने एपमा फेस भेरिफिकेसन सुविधा राखिएको छ । त्यसकारण आफ्नो प्रोफाइलमा राखेको फोटो फेस भेरिफिकेसनबाट प्रमाणित गर्नुपर्नेछ ।

गोपनीयता कायम राख्न व्यक्तिगत प्रोफाइलमा न्युनतम जानकारी मात्रै गरेको कम्पनीले जनाएको छ ।

क्युरा हेल्थ

नेपालको परमपरागत स्वास्थ्य सेवालाई डिजिटल बनाउने उद्देश्यले सन् २०२० मा क्युरा हेल्थ स्थापना भएको हो । क्युरा हेल्थको मोबाइल एपबाट अस्पताल, ल्याब र डाक्टरसँग अपोइन्टमेन्ट लिन सकिन्छ ।

एपबाटै घर वा अफिसमा ल्याब टेस्टका लागि बोलाएर नमुना दिन सकिन्छ । अपोइन्टमेन्टको शुल्क पनि अनलाइनबाटै तिर्न सकिन्छ । क्युरा हेल्थबाट १ हजार बढीले सेवा लिइसकेका छन् भने ५० बढी डाक्टरहरू यसमा आवद्ध भएका छन् ।

त्यस्तै १० बढी अस्पताल तथा क्लिनिक क्युरा हेल्थमा आवद्ध छन् । एपबाटै विशेषज्ञ डाक्टरसँग अडियो तथा भिडियो कल मार्फत निःशुल्क परामर्श समेत लिन सकिन्छ ।

ड्यानसन सोलुसन

आईटी एण्ड मार्केटिङ कम्पनी ड्यानसन सोलुसनले चिम्पभाइन प्रडक्ट बजारमा उपलब्ध छ । सन् २०२० मा स्थापना भएको ड्यानसनले चिम्पभाइनबाट पाठ्यक्रममा आधारित प्रि केदेखि ८ कक्षासम्मका बच्चाहरूका लागि गेम, क्विज र लेख जस्ता रमाइलो तरिका अपनाएर सिकाउँदै आएको छ ।

यसका साथै शिक्षहरूलाई सिकाउने र अभिभावका लागि प्रोत्साहन र मार्गदशर्न गर्ने उपयोगी सामग्री उपलब्ध गराउँदै आएको छ । भविष्यका लागि इन्नोभेटिभ र उत्कृष्ट बच्चाहरू तयार पार्ने मिसनसहित ड्यानसनले काम गरिरहेको छ ।

डिजिटल लर्निङ नेपाल

डिजिटल लर्निङ नेपालले मेरो शिक्षा सञ्चालन गरिरहेको छ । मेरो शिक्षा एक व्यक्ति डिजिटल लर्निङ एप हो । यसले विद्यार्थीहरूलाई इन्नोभेटिभ, अन्तर्क्रियात्मक र अभ्यासमा आधारित निःशुल्क भिडियो र अन्य सामग्री उपलब्ध गराइरहेको छ ।

नेपालको शैक्षिक अनुभवलाई वृद्धि गर्दै विद्यार्थीलाई गुणस्तरीय र समतामूलक शिक्षा प्रदान गर्ने लक्ष्यसहित काम गरिरहेको छ ।

अनुसन्धानकर्ता र बौद्दधिक समूहले तयार पारेको मेरो स्कुकलाई बुढानिलकण्ठ स्कुलबाट ग्राजुएट भएकाहरूको प्राविधिक सहयोग रहेको छ । वैज्ञानिक तरिकाको डिजाइन सोच र उद्यमशीलतासहित मेरो शिक्षा ल्याइएको कम्पनी भनाइ छ ।

फ्रेस केटीएम एग्रो

फ्रेस केटीएम नेपालको इन्नोभेटिभ एग्रीटेक स्टार्टअप हो । नेपाली स्वच्छ उत्पादनमा ग्राहकको सहज पहुँच पुर्‍याउन सन् २०२० मा फ्रेस केटीएम स्थापना भएको हो ।

साना किसानहरू आफ्नो उत्पादन खेतबाटै बिचौलियालाई बेच्न बाध्य छन् । उचित लजिष्टिक प्रणाली र पूर्वाधारबिना उत्पादनहरू मध्यस्तकर्तामार्फत जान्छ ।

यसले गर्दा अन्तिम ग्राहकसम्म नपुग्दै ठूलो मात्रामा बाली क्षति हुन्छ । यस्तै समस्यालाई हल गर्न फ्रेस केटीएमले ‘फ्रेस उत्पादन’हरू डेलिभर गर्दै आएको छ ।

कम्पनीले भन्डारण, प्याकिङ र डेलिभरीको समयमा कुलिङ पूर्वाधारबाट तापक्रम व्यवस्थापन गरी उत्पादन घर घर पुर्‍याउने जनाएको छ । ताजा र खानयोग्य उत्पादन मात्रै डेलिभरी गर्ने कम्पनीको प्रतिवद्धता छ ।

कैंचो ग्रुप

कैंचो ग्रुप सूचना प्रविधिमा काम गर्ने उत्साही युवाहरूको एक इन्नोभेटिभ समूह हो । ग्रुपले झापाको मेची अञ्चल अस्पतालमा स्मार्ट पीसीआर व्यवस्थापन प्रणाली लागु गरेको थियो ।

यसबाट पीसीआर जानकारी तथा रिपोर्ट एसएमएसबाट पठाइएको थियो । कैंचो ग्रुपले आपतकालिन अवस्थामा (दमकल, एम्बुलेन्स र प्रहरी) छिटो सूचना पुर्‍याउन विभिन्न जिल्लामा स्मार्ट अलर्ट सिस्टम सार्वजनिक गरेको छ ।

साथै संस्थाले भेहिकल एक्सिडेन्ट ट्रयाकिङ सिस्टम पनि सफलतापूर्व सार्वजनिक गरेको जनाएको छ । ग्रुपले स्मार्ट वेस्टर्न वर्ल्डमार्फत निसर्ग अस्पताललाई पहिलो स्मार्ट अस्पतालको रूपमा विकास गर्न काम गरिरहेको छ ।

लुना जीपीएस रियल टाइमम लोकेसन ट्रयाकिङ एण्ड एक्सिडेन्ट डिटेक्सन सिस्टम चाँडै उपलब्ध हुने बताइएको छ । यो सिस्टम पूर्ण रूपमा नेपालमै बनेको हो र डेटा सेन्टर पनि नेपालमै रहेको छ ।

यसका साथै कैचौं ग्रुपले स्कुल, कलेज, सरकारी संस्था, होटल, बैंक लगायत अन्य कार्यालयका लागि आवश्यक स्वाचालित र म्यानुअल प्याड भेन्डिङ मेसिन नेपालमै सस्तो मूल्यमा उपलब्ध गराइरहेको छ ।

मोनाल टेक

मोनाल टेक सूचना प्रविधि सुरक्षा, नेटवर्क सुरक्षा, पूर्वाधार सुरक्षा र संगठनको साइबर सुरक्षालाई बलियो पार्न स्थापना भएको हो । कम्पनीका अनुसार साइबर सुरक्षा विज्ञसहितको आईटी टिमले २४ सै घण्टा नेटवर्क, पूर्वाधार र डेटाको सुरक्षा गर्नेछ ।

मोनाल टेकले साइबर सोलुसन, ट्रेनिङ र समग्र सूचना प्रविधि पूर्वाधारको सुरक्षा पनि प्रदान गर्ने जानकारी दिएको छ ।

कम्पनीले सेक्युरिटी अपरेसन सेन्टर, सेक्युरिटी अडिट, साइबर सेक्युरिटी ट्रेनिङ, साइबर सेक्युरिटी कन्सल्ट्यान्ट, सेक्युरिटी डिभाइस लगायत साइबर सेक्युरिटी प्रडक्टहरू प्रदान गर्दै आएको छ ।

पिक एण्ड ड्रप

पिक एण्ड ड्रप नेपालको कुरियर तथा लजिष्टिक कम्पनी हो । कम्पनीले नेपाली बिजनेसहरूलाई झन्झटरहित डेलिभरी सेवा प्रदान गर्दै आएको छ ।

पिक एण्ड ड्रपले शाखा कार्यालय तथा साझेदार कुरियर नेटवर्कको प्रयोग गरी देशभर डेलिभरी सेवा प्रदान गरिरहेको छ ।

सन् २०२० मा कोरोना महामारीको समयमा पिक एण्ड ड्रप सञ्चालनमा आएको थियो । जब कोरोना महामारी सुरू भयो, तब काठमाडौंमा एलपीजी ग्यासको अभाव भयो ।

त्यसपछि पीकएनड्रपले ग्यास डेलिभरी गर्न थाल्यो र यो सेवा सन् २०२१ सम्म जारी रह्यो । जब एलपीजी ग्याको सप्लाई सामान्य हुन थाल्यो, त्यसपछि मात्रै कम्पनीले एलपीजी ग्यास डेलिभरी बन्द गरेको थियो ।

एलपीजी ग्यास डेलिभरी सेवा बन्द गरेपछि पीक एण्ड ड्रपले आफुलाई थर्डपार्टी लजिष्टिक सेवा प्रदायकमा केन्द्रित गरेको थियो ।
यसपछि कम्पनीले एक वर्षको समयमै ३०० बढी साना तथा मझौला व्यवसायसँग काम गरिसकेको छ भने १ लाख बढी प्याकेज डेलिभर गरिसकेको छ । साथै डेलिभरी प्याकेज ग्राहकले ट्रयाक पनि गर्न सक्छन् ।

रेड टेल फक्स

रेड टेल फक्स प्रालिले रमाइलको गेम्स सञ्चालन गरिरहेको छ । रमाइलो गेम्स सब्सक्रिप्सनमा आधारित सोसल गेमिङ प्लेटफर्म हो । बिना विज्ञापन र झन्झट कुनै पनि डिभाइस वा ब्राउजरमा मौलिक नेपाली गेमहरू खेल्न सक्छन् ।

रमाइलो गेम्सले दैनिक, साप्ताहिक र मासिक रूपमा प्रतिस्पर्धा समेत गर्दै आएको छ । यस अन्तर्गत विजेताको आधारमा (लिडरबोर्डमा आधारित) पुरस्कार वितरण गरिन्छ ।

यसमा आर्केड, एजुकेसनल, कार रेसिङ, पजल लगायत अन्य गेमहरू खेल्न सकिन्छ । रमाइलो गेम्समा कुनै पनि गेम डाउनलोड नगरी र इन्स्टल नगरी १०० बढी खेल तुरून्तै खेल्न सकिन्छ ।

एक पटक सदस्यता लिएपछि सबै प्रिमियम गेम, टुर्नामेन्ट र लिडरबोर्ड सुविधा पाइने छ । साथै टुर्नामेन्टमा सहभागी भएर पैसा समेत कमाउन सकिने छ ।

रिंगेज टेक

रिंगेज टेक मास कम्युनिकेसन सेवा प्रदान गर्ने स्टार्टअप हो । यसले आम रूपमा भ्वाइस ब्रोडकास्टिङ, डायनामिक एण्ड मल्टि लेभल आईभीआर, फोन सर्भे, पोलका लागि ब्लाजोन प्लेटफर्म विकास गरेको छ ।

सूचनाको ग्याप भएको ठाउँमा रिंगेजले सघाउने कम्पनीको विश्वास छ । एउटा सामान्य फोन कल र भ्वाइस प्रविधिको फाइदा उठाएर कुनै पनि प्रकारको जनसंख्यामा सञ्चार सम्भव बनाउँछ ।

एसएमएसको तुलनामा आवाजमा आधारित सञ्चार २७० प्रतिशतबढि प्रभावकारी हुने कम्पनीको भनाइ छ । सहजै सबै कुरा बुझ्न भ्वाइसमा आधारित सञ्चारले एकदमै मद्दत गर्ने गर्दछ ।

रिंगगेजको प्रडक्ट भिओआईपी प्रविधिमा आधारित छ । एक वर्ष भित्रै रिंगगेजमा ४०० बढी क्लाउड डिजिटल फोन नम्बर जोडिसकेका छन् । यस प्रविधिले प्राकृतिक प्रकोपको बेलामा समेत धेरै सहयोग पुर्याउने गर्दछ ।

यो सजिलै गरेर प्रयोग गर्न सक्छन् । यसका महत्वपूर्ण फिचरहरु भनेको भ्वाइस ब्रोडकास्ट, फोन सर्भे, पोल रेटिंग, फिडब्याक संकलन र मल्टि लेभल आइभीएआर हुन् ।