कीवर्डहरू -

पार्टनर कनेक्ट कार्यक्रम आयोजना गर्दै माइक्रोसफ्ट नेपाल

पार्टनर कनेक्ट कार्यक्रम आयोजना गर्दै माइक्रोसफ्ट नेपाल

माइक्रोसफ्ट नेपालले १२ अक्टोबरमा अर्थात आज माईक्रोसफ्ट नेपाल पार्टनर कनेक्ट २०२२ आयोजना गर्ने भएको छ । कार्यक्रम ६ बजे बेलुका देखि १० बजे रातिसम्म चल्ने छ ।

माईक्रोसफ्ट नेपाल पार्टनर कनेक्ट २०२२ म्यारियट काठमाडौँमा आयोजना गर्ने भएको हो । कार्यक्रममा माइक्रोसफ्टका पार्टनरसँग भेटघाट हुनेछ भने  ३-४ ओटा विधामा अवार्ड वितरण समेत गरिनेछ ।

माईक्रोसफ्टसँग जोडिएका पार्टनर तथा ग्राहकको सफलता तथा इनोभेसनलाई प्रवद्धन गर्न पार्टनर कनेक्ट कार्यक्रम आयोजना हुँदै आएको छ ।