कीवर्डहरू -

चाडवाडको अवसरमा इन्फोडेभलपर्सको बोनान्जा अफर, सफ्टवेयर खरिदमा ३५ प्रतिशत छुट 

चाडवाडको अवसरमा इन्फोडेभलपर्सको बोनान्जा अफर, सफ्टवेयर खरिदमा ३५ प्रतिशत छुट 

नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले दशैं तिहारको अवसरमा बोनान्जा अफर ल्याएको छ । यस अफर अन्तर्गत इन्फोडेभलपर्सबाट सफ्टवेयर खरिद गर्दा ३५ प्रतिशत छुट पाइने छ ।

कोर बैंकिङ सिस्टम, मोबाइल बैंकिङ, ट्याबलेट बैंकिङ सिस्टम खरिदमा ३५ प्रतिशत छुट पाइने इन्फोडेभलपर्सले जानकारी दिएको छ ।

कोर बैंकिङ सिस्टमको मूल्य ३ लाख तोकिएको छ भने शाखामा जोड्दा थप ५० हजार र माइग्रेसन गर्दा थप २५ हजार रूपैयाँ लाग्नेछ ।

त्यस्तै मोबाइल बैंकिङको शुल्क ५५ हजार र ट्याबलेट बैंकिङको शुल्क ५० हजार रूपैयाँ तोकिएको छ । माथिको मूल्यमा दशैं तिहारको अवसरमा ३५ प्रतिशत थप छुट पाइने कम्पनीले जनाएको छ ।

यसैगरी ५० हजारमा १०० जीबी क्लाउड स्टोरेज पाइने छ । यसअघि ५० हजारमा १० जीबी मात्रै क्लाउड स्टोरेज उपलब्ध हुने गरेको थियो ।

सफ्टवेयर खरिदका लागि इन्फोडेभलपर्सका शाखा कार्यालय पोखरा, इटहरी तथा च्यानल पार्टनर नारायणी इन्फोसेस वीरगंज र अंकुर इन्फोटेक रूपनदेहीमा पनि सम्पर्क गर्न सकिने छ ।