कीवर्डहरू -

दराजले ल्यायो दराज क्लब, ग्राहकहरुले दराज एप मार्फत विशेष लाभहरू प्राप्त गर्न सक्ने

दराजले ल्यायो दराज क्लब, ग्राहकहरुले दराज एप मार्फत विशेष लाभहरू प्राप्त गर्न सक्ने

दराजले आफ्नो नयाँ मेम्बर्शिप प्रोग्राम दराज क्लब सुरु भएको घोषणा गरेको छ । यो नयाँ सुविधा मार्फत ग्राहकहरुले दराज एप मार्फत विशेष लाभहरू प्राप्त गर्न सक्नेछन् भने ग्राहकहरुले  एपमा प्रत्येक खरिदपछि जेम्स कमाउन सक्ने पनि कम्पनीले जनाएको छ ।

दराज क्लबको सदस्य बनेर ग्राहकहरूले उच्च जेम्स रिडेम्पशन, थप पुरस्कार र विशेष भाउचरहरू लगायतका अन्य फाइदाहरू प्राप्त गर्नेछन् भने यी सुविधाहरू मार्फत, ग्राहकहरूले आफ्ना अर्डरहरूमा अतिरिक्त छुट प्राप्त गर्न र थप बचत गर्न कम्पनीको भनाइ छ। दराज क्लब आईओएस र एन्ड्रोइड दुबै प्लेटफर्ममा उपलब्ध छ । नयाँ सुविधा प्राप्त गर्नको लागि ग्राहकहरुलाई आफ्नो दराज एप अपडेट गर्न अनुरोध गरिन्छ।

क्लबमा सामेल हुनको लागि, ग्राहकहरूले डिसेम्बर ३१, २०२२ सम्म कम्तिमा २५०० जेम्सहरु सङ्कलन गर्नुपर्नेछ, जुन दराज मा किनमेल गरेर कमाइन सकिन्छ। डिसेम्बर ३१ पछि, क्लबमा सामेल हुन आवश्यक पर्ने जेम्सहरुको न्यूनतम संख्या ३५०० मा बढाइनेछ र दराज क्लबका सदस्यहरूले मात्र चेकआउटको समयमा छुटका लागि रत्नहरू प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।