कीवर्डहरू -

सानिमा थ्री इन वान खातामा सी–आस्वा तथा मेरो शेयर सुविधा थप

सानिमा थ्री इन वान खातामा सी–आस्वा तथा मेरो शेयर सुविधा थप

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई शेयर कारोबार प्रक्रियामा थप सहजता र सरलता प्रदान गर्न थ्री इन वान खाताको प्रणाली परिष्कृत गरेको छ ।

ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै थ्री इन वान खाताको अनलाइन फारम भर्दा ग्राहकहरुले बैंक खाता, डिम्याट खाता र ट्रेडिङ खाताका साथै सीआस्वा र मेरो शेयरको आवेदन पनि दिन सक्नेछन् ।

साथै, थ्री इन वान पोर्टलको दासबोर्डमा बैंकले सहज र सरल प्रक्रियाका लागि विभिन्न जानकारीहरु लिन मिल्ने व्यवस्था गरेको छ ।

यो खाता खोल्न ग्राहकहरुले घरमै बसी सानिमा बैंकको वेबसाइट मार्फत आवेदन दिन सकिनेछ ।  खाता भइसकेका ग्राहकले समेत यसबाट सि–आस्वा तथा मेरो शेयरको सुबिधा लिन सकिनेछ ।

सानिमा क्यापिटल र सानिमा बैंकले संयुक्त रुपमा संचालनमा ल्याएको यस खातामा ग्राहकहरुले अनलाइन मार्फत् दोस्रो बजारबाट शेयर खरिद र बिक्री गर्न सकिनेछ ।

यो खाता खोल्नका लागि सानिमा बैंकका नयाँ तथा पुराना ग्राहकले बैंकको वेबसाइटबाट थ्री इन वान अकाउन्टमा क्लिक गरी आवश्यक विवरण भरी आवेदन दिनुपर्नेछ ।

आईपीओ मार्फत् शेयर खरिद गरेका ग्राहकहरु समेत केही प्रकृयाहरु पूरा गरी सहभागी हुन सक्ने बैंकले जनाएको छ ।