कीवर्डहरू -

दाहालले जिते डिशहोममा १ वर्षको रिचार्ज गर्दा एक लाख नगद

दाहालले जिते डिशहोममा १ वर्षको रिचार्ज गर्दा एक लाख नगद

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने योजना अन्तर्गत थप एक जनाले एक लाख रुपैयाँ जित्न सफल भएका छन् ।   जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६  का राजन दाहालले एक लाख रुपैयाँ जितेका हुन् ।

श्लोक इलेक्ट्रोनिक्स सप्लायर्स हेटौडाको डिलर अन्तरगत रहेको बारा, सखुवाघाटका सह—बितरक गीता इन्टरप्राइजका राजेश थापा मगरकोमा उनले एक वर्षको रिचार्ज गरेका थिए । सोहीअनुसार दाहालले लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए ।

डिशहोमको तर्फबाट एरिया सेल्स मेनेजर सन्जिव कार्की, सेल्स अफिसर गौरव घिमिरे  ,श्लोक इलेक्ट्रोनिक्स सप्लायर्सका शिवराम श्रेष्ठले विजेतालाई पुरस्कार रकम हस्तान्तरण गरे ।