कीवर्डहरू -

इन्टरनेटको विकाससंगै प्रेम दर्शाउने \'इन्टरनेट\' गित सार्वजनिक

इन्टरनेटको विकाससंगै प्रेम दर्शाउने \'इन्टरनेट\' गित सार्वजनिक

गीतकार तथा गायक विक्रम राजवंशीका साथ संगीत सिजन ब्याण्ड रहेको “ इन्टरनेट “ म्युजिक भिडियो सार्वजनिक भएको छ । सन् १९८० दसक तिर यदि इन्टरनेटको विकास भएको भए त्यो समयमा कस्तो किसिमको प्रेम हुनेथियो भन्ने कथा वस्तु लाई आधार मानेर त्यस ताकाको भेष र गेटअप देखाउन यस गीतमा कोसिस गरिएको छ ।

यस म्युजिक भिडियोमा चर्चित नायिका नम्रता सापकोटा र विनोद पोखरेल जोडि राम्रो जमेको छ अन्य कलाकारहरुमा असिम रानाभाट, हिमा थापा, आशिषदेव रुपाखेती ,कुमार, मिलन,हिमान्सु रहेका छन् । त्यस्तै छायाङ्गकनमा उत्सव दाहाल, सम्पादनमा विकास ज्ञवाली तथा कोरियोग्राफर सन्तोष राजवाहक रहेका छन् ।

म्यूजिक भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीले गरेका हुन् । अहिलेका लागि प्रोमो गीत सार्वजनिक भएको हो र चाँडै आधिकारिक भिडियो सार्वजनिक हुनेछ ।

गोकर्ण फोरेस्ट रिसोर्टमा  मा छायाँकन गरिएको यस म्युजिक भिडियो दर्शकमाझ लोकप्रिय हुने भनेर कृष्णदेवरुपाखेती ढुक्क देखिएका छन् ।