कीवर्डहरू -

हाम्रो पात्रो १३ औं वर्षमा प्रवेश गर्नु लगत्तै “हाम्रो पे” रिलिजको तयारीमा

हाम्रो पात्रो १३ औं वर्षमा प्रवेश गर्नु लगत्तै “हाम्रो पे” रिलिजको तयारीमा

सन् २०१० मा एउटा डिजिटल पात्रोका रूपमा आएको हाम्रो पात्रोले १२ वर्ष पछि एक करोड भन्दा बढी नेपालीहरूको मोबाइल परिवार बनाउला भन्ने हेक्का कसैलाई थिएन । १२ वर्ष पछि आज हाम्रो पात्रो नेपालको सर्वाधिक डाउनलोड भएको मोबाइल एप मात्र नभई सर्वाधिक धेरै विश्वास गरिएको डिजिटल थलो बन्न सफल भएको छ ।

अनेकौँ उतारचढावका बिच नेपालीहरूको मोबाइल सहयात्री हाम्रो पात्रो १३ औँ वर्षमा प्रवेश गरेको छ । सन् २०१० मा आईओएसमा रिलिज गरिएको पात्रो क्रमशः सन् २०१२ मा एन्ड्रोइडमा रिलिज भएको थियो ।

एउटा नेपाली युवाले नेपाली शब्दहरूलाई डिजिटल थलोमा ल्याउनलाई गरेको सानो जमर्को आज आएर तिथि मिति, समाचार, विदेशी विनिमय दर, तरकारीको भाउ देखि टेली हेल्थ, अनलाइन ज्योतिष अनि जन्म कुण्डली मिलान , रेमिटेन्स सम्मका अनेक सुविधा सम्पन्न मोबाइल सहयात्री बनिसकेको छ।

सन् २०१५ मा १० लाख भन्दा बढी डाउनलोड सीमा नाघेको हाम्रो पात्रोले त्यसै वर्ष देखि नेपालमा कार्यालय खोलेर आफ्नो उपस्थिति र प्रभावलाई झनै सशक्त बनाउन थालेको थियो । सन् २०१८ मा ५ मिलियन अर्थात् ५० लाख डाउनलोडको सीमा नाघ्दै हाम्रो पात्रोले ज्योतिष कल सेवा पनि सुरुवात ग¥यो ।

१२ औं बार्षिकउत्सव अवसरमा हाम्रो पात्रो इंक. का फाउन्डर/ सीईओ शंकर उप्रेतीले प्रयोगकर्तालाई धन्यवाद व्यक्त गर्दै भने ‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ,’ म सबै प्रयोगकर्ताहरूलाई उहाँहरूको विश्वासको लागि आभार ब्यक्त गर्दछु । यी डाउनलोडका सख्याँहरु हाम्रा लागि विश्वास र सहयात्री हुन् ।

हामी थप जिम्मेवार र विश्वासिलो बन्ने प्रणका साथै अघि बढ्दै गयौँ र हाम्रो पात्रोको १२ औँ वर्ष सम्म यो यस यात्रामा हामी यहाँहरू सबै जनालाई हार्दिक साधुवाद र अझै सयौँ वर्ष सम्म डिजिटल र अर्थपूर्ण सहयात्रा गर्ने वाचा गर्न चाहन्छौँ । सम्पूर्ण प्रयोगकर्ताहरू, विज्ञापनदाता, साझेदार र सहकर्मीहरूमा हार्दिक नमन' उनले बताए ।