कीवर्डहरू -

दियालोले विकास गर्यो पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधि, टोखा खानेपानी समितिबाट भयो सुरुवात

दियालोले विकास गर्यो पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधि, टोखा खानेपानी समितिबाट भयो सुरुवात

फिनटेक कम्पनी दियालो टेक्नोलोजिजले पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधिको विकास गरेको छ । यो प्रविधिले खानेपानी क्षेत्रलाई पूर्ण रुपमा अटोमेशन गर्नेछ ।

दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटररिडिङ्ग, बिलिङ्गदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीहरूको विकास गरेको हो ।

हालसम्म करिब ७ सयवटा खानेपानी समितिहरुलाई डिजिटलाइजेशनतर्फ गरिसकेको दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तराष्ट्रिय मापदण्डको बनाउने उद्देश्यसहित यो  प्रणालीको विकास गरेको हो । स्मार्ट वाटर प्रविधिको सुरुवात टोखा नगरपालिकाको टोखा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट सुरू गरिएको छ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गरि टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गरे ।  कार्यक्रममा बोल्दै मेयर अधिकारीले यो अत्याधुनिक प्रविधि भएकोले सबै खानेपानी समितिहरुमा यसको प्रयोग हुनुपर्ने भन्दै अपिल समेत गरे ।

कार्यक्रममा बाग्मती प्रदेशका खानेपानी समितिका प्रतिनिधिको उपस्थिति थियो । कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभाग इआउका प्रमुख डा.रजित ओझाले वाटर युटिलिटी करियर पथ र दियालो टेक्नोलोजिजका बिजनेस हेड रोशन गौतमले स्मार्ट वाटर म्यानेजमेन्टका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।