कीवर्डहरू -

इन्टरनेटको विकाससंगै प्रेम दर्शाउने “इन्टरनेट” गीत बिमोचन

इन्टरनेटको विकाससंगै प्रेम दर्शाउने “इन्टरनेट” गीत बिमोचन

गायक तथा गीतकार विक्रम राजवंशीका साथ संगीत सिजन ब्याण्ड रहेको “इन्टरनेट” म्युजिक भिडियो ११ कार्तिक २०७९ मा सार्वजनिक भएको छ । सन् १९७० दशक तिर यदि इन्टरनेटको विकास भएको भए त्यो समयमा कस्तो किसिमको प्रेम हुने थियो भन्ने सस्पेन्स कथा वस्तुलाई आधार मानेर त्यस ताकाको भेष भुसा र गेटअप देखाउन यस गीतमा कोशिस गरिएको छ ।

खुन्दे बाट  म्युजिक भिडियो “इन्टरनेट” रिलिज भएको छ । खुन्दे सगरमाथा राष्ट्रिय निकुञ्ज भित्र पर्ने नेपालको खुम्बु क्षेत्रको एउटा गाउँ हो । यो शेर्पाहरूको पवित्र हिमाल खुम्बुको फेदमा रहेको उपत्यकाको खुम्जुङ गाउँसँग सिधा जोडिएको छ । खुम्जुङ उपत्यका समुन्द्र सतहबाट ३८०० मिटर देखी ४००० मिटरको बीचमा गएर गीतको बिमोचन गरेका छन् ।

यस म्युजिक भिडियोमा चर्चित नायिका नम्रता सापकोटा र विनोद पोखरेल जोडि राम्रो जमेको छ । अन्य कलाकारहरुमा असिम रानाभाट‚हिमा थापा‚आशिषदेव रुपाखेती‚कुमार मिलन‚ हिमान्सु रहेका छन् । त्यस्तै छायाङ्गकनमा उत्सव दाहाल, सम्पादनमा विकास ज्ञवाली तथा कोरियोग्राफर सन्तोष राजवाहक रहेका छन् ।

म्यूजिक भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीले गरेका हुन् । यस गीत बिमोचनका लागी विदेशी मित्रहरु इन्टरनेट सोसाइटीबाट नाभिद उल हक‚ जोआओ पाउलो अगुयर , छेपाल शेर्पा  र अन्य खुन्ब्दे समुदायहरु सहभागी भएका छन् ।

गोकर्ण फोरेस्ट रिसोर्टमा छायाँकन गरिएको यस म्युजिक भिडियो दर्शकमाझ लोकप्रिय हुने भनेर कृष्णदेव रुपाखेती ढुक्क देखिएका छन् ।