कीवर्डहरू -

बिओकेको क्यूआर स्क्यान गरी कारोबार गरेमा २५ प्रतिशत सम्मको नगद फिर्ता पाउने

बिओकेको क्यूआर स्क्यान गरी कारोबार गरेमा २५ प्रतिशत सम्मको नगद फिर्ता पाउने

बैंक अफ काठमाण्डू लिमिटेडले दसैँ, तिहार, नेपाल सम्वत् तथा छठको अवसरमा ल्याएको २५ प्रतिशत सम्मको  क्यासब्याक योजना चाडपर्व पश्चात् पनि जारी राखेको छ । बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विद्युतीय भुक्तानी कारोबारमा २५ प्रतिशत सम्मको नगद फिर्ता पाउन सक्नेछन् ।

बैंकका अनुसार यस योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङ्गमार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्नेले नगद फिर्ता योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा रु. १५० सम्मको नगद फिर्ता पाउनेछन् । यस नगद फिर्ता योजना यही २०७९ साल कार्तिक १५ गते मंगलबारबाट २०७९ साल कार्तिक ३० गते बुधबारसम्म रहनेछ ।