कीवर्डहरू -

साओमीको नयाँँ आधिकारिक स्टोर इटहरीमा, मी स्टोरको संख्या दोब्बर पार्ने लक्ष्य

साओमीको नयाँँ आधिकारिक स्टोर इटहरीमा, मी स्टोरको संख्या दोब्बर पार्ने लक्ष्य

साओमीले सुनसरीको ईटहरीमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । अरुण एण्ड ब्रदर्स प्रालिसँग सहकार्य गरेर धरान रोड स्थित गोर्खा डिपार्टमेन्ट स्टोर नजिकै रहेको जय नेपाल होटलको भवनमा शाओमीले आफ्नो नयाँँ स्टोर खोलेको हो ।

आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उद्धेश्य सहित ब्राण्डले नेपालभरि नयाँँ र आधुनिक स्टोरहरु खोल्ने योजना बनाएको छ ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले नयाँँ स्टोर खुलेपछि ग्राहकहरुलाई किनमेल गर्न अझ धेरै सजिलो हुनेछ र सँग-सँगै हाम्रो सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्धेश्य पनि पुरा हुने बताए ।

यो मोडलले नेपालमा नयाँँ र आधुनिक स्टोरहरु खोल्दै ग्राहकहरुलाई उच्चतम सुविधा प्रदान गर्ने साओमीको उत्साह झल्काउँने कम्पनीको भनाइ छ ।

यो नयाँँ स्टोरमा सप्लाई चेन म्यानेजमेन्ट, उत्पादनको उपलब्धता र डेलिभरी मेजरहरु जस्ता सम्पूर्ण रिटेलको कामहरु मुख्य ब्रान्डको मातहतमा इन्टिग्रेट हुनेछन् ।

यी शाखाहरुको सम्पूर्ण रिटेल प्रक्रियाहरु साओमी नेपालले हेर्ने हुनाले ब्रान्डको पारदर्शीता कायम हुने विश्चास गरिएको छ, जसको फलस्वरुप मिको ग्राहकहरुले थुप्रै फाईदाहरु लिन सक्नेछन् ।

रिटेल प्रकृयाको हरेक चरणमा उनीहरुले ब्रान्डसँग सिधै अन्तरक्रिया गर्न पाउनेछन् । यसले गर्दा ग्राहक र ब्रान्डको सम्बन्ध अझै घनिष्ठ हुने साओमीको भनाइ छ ।